इलाम क्याम्पसका संस्थापक प्रमुख शर्माको निधन
बिहीबार, ०१ चैत २०८०, १४ : ३४
विराटनगर । शिक्षा सेवी एवं इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसका संस्थापक प्रिन्सिपल (प्रमुख) डा. खगेन्द्रनाथ शर्माको निधन भएको छ । आज बिहान ३ बजेतिर काठमाडौँमा उनको ९० वर्षको उमेरमा निधन भएको इलाम समाज काठमाडौँका राधेश्याम लेकालीले जानकारी दिए ।
इलामको सूर्योदय नगरपालिका–११, माघेका खगेन्द्रनाथ २०१७ सालमा २६ वर्षको उमेरमा महेन्द्ररत्न बहुमुखी क्याम्पसको संस्थापक प्रिन्सिपल बनेका थिए । स्थापनाका बेला उनले क्याम्पसलाई आफ्नो ४७ रोपनी जग्गा दान गरेका थिए ।
भारतको सागर विश्वविद्यालयबाट स्नातकोत्तर गरेका उनले भारतबाटै विद्यावारिधि गरेका थिए । शर्माका परिवारमा दुई छोरा र एक छोरी छन् । पत्नीको यसअघि नै निधन भइसकेको छ । उनको आजै काठमाडौँको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको परिवारले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्मानजनक पुनःस्थापनाको माग गर्दै होल्डिङ सेन्टरका सुकुमबासीले सरकारको गराए ध्यानाकर्षण
-
गोंगबुमा अलपत्र परेका सुकुमबासीलाई बास दिने मनकारी पाण्डे
-
लागूऔषध मुद्दाका थुनुवा फरार प्रकरण : डीएसपी तिमिल्सिनाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन
-
अन्तर्राष्ट्रिय समितिको बैठकमा पत्रकारलाई निषेध
-
बहसपत्रको औचित्य र वैधतामाथि प्रश्न उठाउँदै प्रक्रियाबाट हट्ने चार दलको चेतावनी (पत्रसहित)
-
थोरै पानी पर्दा पनि किन जलमग्न हुन्छ काठमाडौँ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण