कालिकोटको महावैमा नुनको डिपो स्थापना
कालिकोट । कालिकोटको महावै गाउँपालिकाले गाउँमै आयोडिनयुक्त नुनको डिपो सञ्चालन गरेको छ । आयोडिनयुक्त नुन लिनका लागि सदरमुकाम जानुपर्ने बाध्यता हटाउन गाउँमै नुन डिपोको स्थापना गरिएको हो ।
महावैका नागरिकका लागि नुन डिपो स्थापना गरी पालिकाको विर्तामोडबाट वितरण गरिने महावैका अध्यक्षखेमबहादुर सिंहले बताए । “एक प्याकेट नुन लिनका लागि सदरमुकाम मान्म धाउनु परिरहेको छ । यसका लागि स्थानीयले रु एक हजारदेखि रु दुई हजारसम्म खर्च गर्नुपर्ने बाध्यता छ”, उनले भने । अब नुन खरिद गर्नका लागि सदरमुकाम धाउनुपर्ने बाध्यताको अन्त्य भएको अध्यक्ष सिंहको भनाइ छ ।
उनले भने, “आयोडिनयुक्त नुन गाउँमा नै उपलब्ध गराउने उद्देश्यले डिपोको स्थापना गरिएको हो ।”
हिमचुली कृषि सहकारी संस्थाको साझेदारी र गाउँपालिकाको समन्वयमा डिपो स्थापना गरी सेवा प्रवाह भइरहेको छ । नुन खरिद गर्न आउनुभएका स्थानीय राजबहादुर सिंहले एक दिन लगाएर नुनका लागि सदरमुकाम जानुपर्ने बाध्यता हटेकामा खुसी व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रियाशील सदस्यता अद्यावधिक नगर्नेलाई पार्टीले चिन्दैन : गगन थापा
-
स्ट्रेट अफ होर्मुजबारे छलफल गर्न इरान र ओमानद्वारा संयुक्त समिति गठन
-
‘बोलाएको भए आफैँ आउनुहुन्थ्यो, कार्यक्रममा रहेका बेला किन तत्काल पक्राउ गरियो ?’
-
जाजरकोटको भेरी नगरपालिकाको निर्णय पुस्तिका हराएको भन्दै खोजीदिन सीडीओसँग गुहार
-
मानव अधिकार रक्षकको सुरक्षाका लागि विशेष कानुन बनाउन माग
-
बैंकिङ कसूर मुद्दामा १३ वर्षदेखि फरार सविता कार्की पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण