विनियोजन विधेयकमा शब्दको भिड भयो, पुनर्लेखन गरियोस् : पूर्वअर्थमन्त्री पौडेल
काठमाडौँ । पूर्वअर्थमन्त्री एवम् प्रतिनिधि सभाका सांसद विष्णुप्रसाद पौडेलले पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले ल्याएको विनियोजन विधेयक, २०८१ को सिद्धान्त तथा प्राथमिकता शब्द नै शब्द र वाक्यको भिड मात्र रहेको आरोप लगाएका छन् ।
बिहीबारदेखि संसद्मा सुरु भएको विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकतामाथिको छलफलमा बोल्दै पौडेलले प्रस्तुत विधेयकमा कुनै सिद्धान्त र प्राथमिकता नै नभएको आरोप लगाए । जुन कुरा नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले राखेको विचारबाटै प्रस्ट भएको उनले बताए ।
सामाजिक न्यायसहितको विकास र आर्थिक रूपान्तरणका लागि बजेटले स्पष्ट रणनीति लिनुपर्ने बताउँदै विनियोजन विधेयकले कुनै लक्ष्य लिन नसकेको उनले बताए । यसैले उक्त विनियोजन विधेयक फिर्ता लिएर सरकारले तलदेखि माथिसम्म सुधार गर्दै बजेटको सिद्धान्त तथा प्राथमिकता पुनर्लेखन गरेर ल्याउनुपर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण