विनियोजन विधेयकमा शब्दको भिड भयो, पुनर्लेखन गरियोस् : पूर्वअर्थमन्त्री पौडेल

काठमाडौँ । पूर्वअर्थमन्त्री एवम् प्रतिनिधि सभाका सांसद विष्णुप्रसाद पौडेलले पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले ल्याएको विनियोजन विधेयक, २०८१ को सिद्धान्त तथा प्राथमिकता शब्द नै शब्द र वाक्यको भिड मात्र रहेको आरोप लगाएका छन् ।
बिहीबारदेखि संसद्मा सुरु भएको विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकतामाथिको छलफलमा बोल्दै पौडेलले प्रस्तुत विधेयकमा कुनै सिद्धान्त र प्राथमिकता नै नभएको आरोप लगाए । जुन कुरा नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले राखेको विचारबाटै प्रस्ट भएको उनले बताए ।
सामाजिक न्यायसहितको विकास र आर्थिक रूपान्तरणका लागि बजेटले स्पष्ट रणनीति लिनुपर्ने बताउँदै विनियोजन विधेयकले कुनै लक्ष्य लिन नसकेको उनले बताए । यसैले उक्त विनियोजन विधेयक फिर्ता लिएर सरकारले तलदेखि माथिसम्म सुधार गर्दै बजेटको सिद्धान्त तथा प्राथमिकता पुनर्लेखन गरेर ल्याउनुपर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डाइभर्सन बगाउँदा कान्ति लोकपथ अवरुद्ध
-
प्रभु साहको प्रश्न– ‘मानव तस्करी घटनामा प्रधानमन्त्री किन मौन ?’
-
भोजपुरी भाषा सिकाउँदै वीरगञ्ज महानगर
-
किर्ते मुद्दामा दुहुँ गाउँपालिकाका लेखापाल प्रहरीको नियन्त्रणमा
-
माओवादी नेताहरुद्वारा सहिद तथा बेपत्ताजनका परिवारसँग भेटघाट
-
फ्राईडे रिलिज : राजेशको ‘नरसिंहा : अवतार’सँग भिड्दै तीन विदेशी फिल्म