लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन अन्त्यका लागि पत्राचार
बुटवल । लुम्बिनी प्रदेश सरकारले प्रदेशसभाको तेस्रो अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखलाई पत्राचार गरेको छ । तीन दिन मात्रै चलेको तेस्रो अधिवेशन अन्त्य गर्ने अवस्थामा प्रदेश सरकार पुगेको हो । राजनीतिक समीकरण फेरिएसँगै लुम्बिनी प्रदेश सरकारले चैत ४ गतेलाई बोलाइएको अधिवेशन अन्त्य गर्नका लागि प्रदेश प्रमुखलाई पत्राचार गरेको हो ।
सदनलाई बिजनेस दिन नसक्दा सरकार अधिवेशन अन्त्य गर्ने अवस्थामा पुगेको गृहमन्त्री सन्तोष पाण्डेले रातोपाटीलाई बताए । उनले अहिले अधिवेशन अन्त्य गरे पनि बदलिँदो समीकरणले विश्वासको मत लिनुपर्ने भएकोले फेरि अधिवेशन आह्वान हुने बताए ।
फागुन ३० गते लेखिएको पत्र चैत १ गते प्राप्त भएकाले चैत १ कै मितिको पत्र पठाउन भन्दै प्रदेश प्रमुखको कार्यालयले पत्र फिर्ता पठाएको थियो । प्रदेश प्रमुख कार्यालयका प्रवक्ता भुमिश्वर ढकालले सोही अनुसार पत्र आज आएको तर कुनै कारबाही नभएको रातोपाटीलाई बताए । उनले संविधानअनुसार कारबाहीको प्रक्रियामा रहेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामुदायिक वनमा एक हजार सात सय रुद्राक्ष रोपियो
-
जहाजमाथि आक्रमणपछि होर्मुज जलमार्गमा आवागमन सुस्त
-
‘एन्फा अध्यक्षले राष्ट्रको शिर झुकाउने काम गरे, देशद्रोहमा कारवाही हुनुपर्छ’
-
भेनेजुएलालाई चीनको सहायता
-
नेकपा बैठकबाट चार प्रस्ताव अनुमोदन
-
आफ्नै सरकारले ल्याएको बजेटप्रति बागमती प्रदेशका सांसहरू असन्तुष्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण