७७ जिल्लाका प्रजिअ र सुरक्षा अधिकारीहरूलाई गृहमन्त्रीले भने–तस्कर र गुण्डा मैले चिनाउनु पर्दैन
काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले देशभरका प्रमुख जिल्ला अधिकारी र प्रहरीका जिल्ला इन्चार्जहरूलाई भर्चुअल संशोधन गरेका छन् । गृह मन्त्रालयबाट जिल्ला सुरक्षा समितिका अधिकारीहरूलाई निर्देशन दिँदै उपप्रधानमन्त्री लामिछानेले ‘९० दिनमा कायापलट’ गर्न निर्देशन दिएका हुन् ।
कम्तीमा ३ महिनामा कायापलट हुनुपर्ने उल्लेख गर्दै लामिछानेले भने,‘तस्कर र गुण्डा तपाइले चिन्नुभएकै छ, मैले चिनाउनु पर्दैन ।’
राजस्व छल्ने र तस्करी गर्नेलाई नियन्त्रण गरी कानुन अनुसार कारबाही गर्न आफूलाई सोध्नु नपर्ने लामिछानेले बताए । विमानस्थलमा खादा र माला लिएर नआउनुस् निर्देशन दिँदै लामिछानेले भनेका छन्,‘राम्रो काम गर्नेलाई खोज्न म आफैँ आउँछु ट्याक्सी लिएर ।’
सरुवा र बढुवामा सोर्स–फोर्स नलगाउन उनले प्रहरी र गृह प्रशासनका निजामती कर्मचारीहरूलाई आग्रह गरेका छन् । भर्चुअल बैठकमा सहभागी गृह मन्त्रालयका एकजना अधिकृतले लामिछानेको भनाई उद्धृत गर्दै भने,‘सोर्स फोर्स लगाउन खोजे तपाईँहरूलाई घाटा हुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेट संशोधनको माग गर्दै दोस्रो दिन पनि मधेस प्रदेशसभा अवरुद्ध
-
विष्णु पौडेललाई पक्राउ पुर्जी गर्ने कागजात नै अवैध भएको कानुन व्यवसायीहरूको जिकिर
-
राष्ट्रपतिले राजीनामा दिँदा राम्रो हुन्छ : प्रभु साह
-
स्वास्थ्य मन्त्रालय अन्तर्गतका कर्मचारीले कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोग गर्न नपाउने
-
नेपाल प्रगतिशील प्राध्यापक संगठनले भन्यो– त्रिवि सेवा आयोगमा दलीय बफादारिताका आधारमा राजनीतिक नियुक्ति गरियो
-
प्रयोग नगरिएका एपहरू फोनको गोपनीयताको लागि हुन्छन् ठूलो खतरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण