कांग्रेस सांसद् केसीले सोधे– पुन र सुनको सम्बन्ध के हो ?
काठमाडौँ । नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनको काठमाडौँस्थित घर कुन स्रोतले बनेको हो स्पष्ट पार्न आग्रह गरेका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै सांसद् केसीले १० वर्षअघि दुईवटा कोठाको डेरामा बसेका उपराष्ट्रपति पुनको अहिले आलिशान महल बनेको भन्दै आर्थिक स्रोतबारे स्पष्ट पार्न माग गरेका हुन् ।
उनले आर्थिक स्रोत स्पष्ट पार्न सभामुखले रुलिङ गर्नुपर्ने माग समेत गरे । त्यस्तै सुन तस्करहरुसँग अर्थमन्त्री वर्षमान पुनको टेलिफोन सम्पर्क भएको विवरण सार्वजनिक भएको भन्दै तस्करसँगको कुराकानीको अडियो नै संसद्मा सुनाउन माग गरे ।
सांसद् केसीले गृहमन्त्री रवि लामिछाने सहकारीको पैसाबाट ४६ लाख रुपैयाँमा गाडी चढेको भन्दै सहकारी सदस्य नै नभएको व्यक्तिले सहकारीको पैसा चलाउनु आपत्तिजनक भएको बताए । उनले गृहमन्त्री लामिछानेलाई मन्त्री स्वीकार्न आफूहरु तयार नभएको स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण