अब नेपालबाट भारतमा सिधै विद्युतीय माध्यमबाट पैसा पठाउन सकिने
काठमाडौँ । अब भारतीय श्रमिकहरूले नेपालबाट दैनिक १५ हजार भारतीय रुपैयाँसम्म नगद पठाउन सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले शुक्रबार विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र–२०८० मा संशोधन गर्दै नेपालमा कार्यरत भारतीय नागरिकले नेपाली वाणिज्य बैंक तथा राष्ट्रिय स्तरका विकास बैंकमा खोलेको बैंक खाताबाट भारत स्थित आफ्नो खाता रहेको बैंक तथा वित्तीय संस्थामा सोझै रकम पठाउन सक्ने व्यवस्था गरेको हो ।
तथापि, यस्तो रकमान्तर आबद्ध विद्युतीय बैंकिङ (इ– बैंकिङ), अन्तर बैंक भुक्तानी, मोबाइल बैंकिङ क्विक रेस्पोन्स कोडमार्फत राष्ट्रिय भुक्तानी स्विच (नेशनल पेमेन्ट स्विच) को माध्यममार्फत पठाउनुपर्नेछ । भारतीय बैंक तथा वित्तीय संस्थामा खोलिएको व्यक्तिगत खातामा प्रतिदिन भारु १५ हजार र प्रतिमहिना भारु एक लाखसम्म पठाउन सकिने राष्ट्र बैंकले जनाएको छ ।
यस्तै, भारतबाट नेपाली श्रमिकले पनि नेपाल राष्ट्र बैंक र भारतीय रिजर्भ बैंकले व्यवस्था गरेको इन्डो–नेपाल रेमिटेन्स फ्यासिलिटी स्किमको अतिरिक्त नेपाली नागरिकले सहजै विद्युतीय बैंकिङ, मोबाइल बैंकिङ लगायतको सुविधामार्फत सोझै रकम पठाउन सकिने व्यवस्था गरेको छ । तर, नेपालीको हकमा रकमको सीमा तोकिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार विषयमा १० जना विदेशी विद्यार्थी भर्ना गर्दै कृषि विश्वविद्यालय
-
खेलौना समातेर चर्चित बनेको अनाथ बाँदर पन्चले मनायो पहिलो जन्मदिन
-
८ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा
-
सिरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु, ३० घाइते
-
रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च
-
मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई ‘छिन्नलता गीत पुरस्कार’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण