म फस्ट बेन्चर
हो... म फस्ट बेन्चर नै हुँ !
गुरुले पहिल्यै देख्नु हुन्थ्यो
नजाने टाउको सेक्नु हुन्थ्यो
जहिल्यै अघि बसेपछि
निसाना अघि लाग्थ्यो
चोट अघि लाग्थ्यो
कि त जित हुन्थ्यो
कि त हार हुन्थ्यो
पोखरीमा कमल खिलेपनि
दलदले हिलोमा नै मिलेपनि
अदम्य एक साहस गरियो
सम्भव भए सम्म सहयोग गर्ने
नसके चुपचापको उपयोग गर्ने
कहिले विज्ञान
कहिले गणित
कहिले सामाजिक
तरह- तरहका विषयमा
कहिले दण्ड मिल्यो
कहिले पुरस्कार मिल्यो
विज्ञानको निर्माण गल्तीबाट भयो
मेसिनका नयाँ चलन चल्तीबाट भयो
दर्शन जन्मन कडा प्रश्न चाहियो
समालोचनाको त्यो जश्न चाहियो
गीता कसरी बन्यो ?
कुरान कसरी बन्यो ?
त्रिपिटक कसरी बन्यो ?
बाइबल कसरी बन्यो ?
वास्तविकता खोज्नु हुन्छ भने
एउटै उत्तरमा मलाई भेट्नुहुन्छ
जसरी अज्ञानताले तिर्खाउँदा
ज्ञान पिएर तिर्सना मेट्नु हुन्छ
हामी केही अघि बस्थ्यौँ
जहिल्यै पहिलो बेन्चमा
एउटा भयङ्कर आँट लिएर
मानवताको हरियो फाँट लिएर
मरुभूमिमा वस्ति बसाल्न
सपनाको तारा खसाल्न
आजसम्म उही चेत छ
जीवनको अर्थ र भेद छ
समय आएपछि
पक्कै पनि
खुल्नेछ - रहस्य
पाना-पनामा
पृष्ठ-पृष्ठमा
हरफ- हरफमा
तिमी पछि बसेर
अगाडि डल्ला हान्थ्यौ
हो- हल्लालाई मान्थ्यौ
परीक्षामा चिट चोर्थ्यौ
अनुशासन सिधै मोड्थ्यौ
कहिले तिमी शिक्षक कुट्थ्यौ
आफ्नै पुनः अस्तित्व लुट्थ्यौ
केही दिन देखि म सुन्दैछु -
आजकाल ठुलै नेता बन्यौ रे !
सेटिङ्गमा चल्ने सेता बन्यौ रे !
केही पैसा कमाउँदा,
प्रगति लाग्छ कि दुर्गति ?
उन्नति लाग्छ कि अवनति ?
तिमी नै आफैँ उत्तर भन्देऊ
म मित्रसँग दुश्साहस गर्दिन
फेरि अर्को प्रश्न सोधेर
भनिन्छ -
बेइमानीमा जोडेको सम्पत्ति हुन्न
पैसा रित्तिँदा कुनै अस्तित्व हुन्न
अरे यार ! बुझेस् -
दर्शन सस्तो नारा बन्दैन
चेतना त्यसै आवारा बन्दैन
अभिन्न मानव अस्तित्व बन्छ
दुखी पीडितको सिंहासन बन्छ
उद्दण्डहरूको अवसान बन्छ
हो... म फेरि पनि भन्छु -
म त्यही फस्ट बेन्चर नै हुँ
बिहानीको पर्खाइमा रात झेल्थेँ
तेल निकाल्न पत्थरहरु पेल्थेँ
कलालाई सम्पत्ति मान्छौ भने,
म हजार वर्ष बढी जीवित हुन्छु
कविताका बिम्ब प्रति बिम्बमा
कथा तथा उपन्यासहरूमा
गीत तथा गजलहरूमा
हो... म म फस्ट बेन्चर नै हुँ !
वाद-वादका ती विवादमा तानिन्न
बिहानीको किरण हुँ रात मानिन्न
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण