देशको आर्थिक सुधार पहिलो प्राथमिकता हो : मन्त्री राई
काठमाडौँ । खानेपानीमन्त्री राजेन्द्रकुमार राईले देशको आर्थिक अवस्था सुधार गर्नु सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) धनकुटा सम्पर्क मञ्चले आज यहाँ आयोजना गरेको सम्मान कार्यक्रममा उनले विकास निर्माणका कामलाई तीव्र गतिमा अगाडि बढाउन आर्थिक अवस्था सुधार हुनुपर्ने बताए ।
“मैले धनकुटाका जनताको मेहनत, परिश्रम र सहयोगबाट चुनाव जितको हुँ । म सेवक भएर जनताका पक्षमा काम गर्नेछु । यसमा जिल्लावासीका साथै आमनागरिकको सुझाव आवश्यक छ”, मन्त्री राईले भने । उनले प्रभावकारी कार्यसम्पादनका लागि सबैको सुझाव आवश्यक रहेको भन्दै सकारात्मक सुझाव दिन सबैलाई आग्रह गरे ।
कोशी प्रदेशसभाका सांसद निरन राईले आफ्नो क्षेत्रबाट मन्त्री हुनुभएका खानेपानी मन्त्री राईलाई धनकुटाको समृद्धिमा योगदान हुनेगरी काम गर्न अनुरोध गरे । सोही अवसरमा मन्त्री राईले विसं २०८१ को भित्तेपात्रो लोकार्पण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारी प्रकरणको छानविनमा सहयोग गर्न सांसद गीता बस्नेतलाई राप्रपाको निर्देशन
-
बालेनप्रति संकेत गर्दै ओलीले भने– सुकुम्वासीलाई हेप्ने र थर्काउने काम नगरौं
-
जापानी विदेशमन्त्रीको नेपाल भ्रमणको तयारी पूरा, के–के छन् एजेण्डा ?
-
सहकारी समस्या समाधानका लागि समिति गठन, अध्यक्षमा पूर्वन्यायाधीश गौतम
-
मुक्त कमैया समाजको तेस्रो राष्ट्रिय सम्मेलन कैलालीमा हुँदै
-
सहकारी प्रकरणको छानबिनमा सहयोग गर्न सांसद गीता बस्नेतलाई राप्रपाको निर्देशन