शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

विभिन्न स्थानमा ४ जना मृत फेला

शनिबार, ०३ चैत २०८०, १७ : ०९
शनिबार, ०३ चैत २०८०

काठमाडौँ । देशका विभिन्न स्थानमा चार जना मृत फेला परेको नेपाल प्रहरीले जानकारी दिएको छ । झापाको हल्दीवारी गाउँपालिका-२ दुखीया टोल बस्ने ४० वर्षीय प्रकाश हस्दा आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेका छन् । 

उता प्युठानको मल्लरानी गाउँपालिका-३ चोरपानी बस्ने ३४ वर्षीय बिष्णु पोख्रेल ऐरावती गाउँपालिका-६ पातलास्थित  हरियाली सामुदायिक वनमा शनिबार मृत अवस्थामा फेला परेका छन् । यस्तै कैलाली, टीकापुर नगरपालिका-९ स्थित मोहना नदीमा हाल, नाम, थर, वतन नखुलेका अन्दाजी २५ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । 

कास्कीको माछापुच्छ्रे गाउँपालिका-८ नसि पुरूङस्थित सार्वजनिक जंगलमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप