विभिन्न स्थानमा ४ जना मृत फेला
शनिबार, ०३ चैत २०८०, १७ : ०९
काठमाडौँ । देशका विभिन्न स्थानमा चार जना मृत फेला परेको नेपाल प्रहरीले जानकारी दिएको छ । झापाको हल्दीवारी गाउँपालिका-२ दुखीया टोल बस्ने ४० वर्षीय प्रकाश हस्दा आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
उता प्युठानको मल्लरानी गाउँपालिका-३ चोरपानी बस्ने ३४ वर्षीय बिष्णु पोख्रेल ऐरावती गाउँपालिका-६ पातलास्थित हरियाली सामुदायिक वनमा शनिबार मृत अवस्थामा फेला परेका छन् । यस्तै कैलाली, टीकापुर नगरपालिका-९ स्थित मोहना नदीमा हाल, नाम, थर, वतन नखुलेका अन्दाजी २५ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
कास्कीको माछापुच्छ्रे गाउँपालिका-८ नसि पुरूङस्थित सार्वजनिक जंगलमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोविन्द केसी फेरि किन बसे अनसनमा ?
-
एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण