राप्रपा नेपाल रामेछाप-काठमाडौँ सम्पर्क समाज गठन
शनिबार, ०३ चैत २०८०, १८ : ०७
काठमाडौँ । राप्रपा नेपाल रामेछाप-काठमाडौँ सम्पर्क समाज आज गठन भएको छ । मदन भुजेलको अध्यक्षतामा २१ सदस्यीय रहेको कमिटीमा उपाध्यक्ष पूर्ण बहादुर माझी र सचिवमा चन्द्र माझी रहेका छन् ।
राप्रपा नेपालका महामन्त्री भास्कर भद्राको प्रमुख आतिथ्यमा भएको भएको कार्यक्रममा पार्टीका अर्का महामन्त्री राजाराम बर्तौला, सहायक महामन्त्री एवं मजदुर सङ्गठनका अध्यक्ष हिक्मतजङ्ग भण्डारी, बागमती प्रदेशका पूर्व सांसद रिता माझी , राप्रपा नेपाल रामेछापका अध्यक्ष रामचन्द्र कँडेल, केन्द्रीय सदस्यहरू आनन्द रिसाल ,राजु श्रेष्ठ लगायतले धारणा राखेका थिए । आगामी दिनमा पार्टीले गर्ने आन्दोलनमा सम्पर्क समाजहरूको भूमिका महत्त्वपूर्ण हुने र समाज गठनलाई तीव्रता दिइने महामन्त्री भास्कर भद्राले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण