सङ्गीतमा एआई प्रयोगको समर्थनमा उत्रिए एआर रहमान
नयाँ दिल्ली । भारतका दिग्गज सङ्गीतकार एआर रहमानले सङ्गीतमा एआईको प्रयोगलाई सही बताएका छन् । रजनीकान्तको फिल्म ‘लाल सलाम’को एउटा गीतमा उनले एआईको सहाराले दुई दिवङ्गत गायकको आवाज प्रयोग गरेका थिए ।
एआईको सहयोगमा रहमानले स्वर्गिय गायकद्वय बम्बा बक्या र साहुल हमीदको आवाज रिक्रियट गरेका थिए । उनको यो प्रयासलाई पुराना सम्झनाहरूलाई पुनर्जीवित गर्ने प्रयास भन्दै केहीले प्रशंसा गरेका थिए । तर केहीले भने उनले निकै आलोचना पनि गरेका थिए ।
रहमानको यस कमदले कयौँ मानिसको जागिर जान सक्ने आरोप लगाइएको थियो । यस विषयमा रहमानले अब भने मुख खोलेका छन् । हालै ‘द गोट लाइफ’को म्युजिक लन्चको क्रममा रहमानले एआईलाई रोजगारीमा खतरा नभई अगाडि बढ्ने औजारका रूपमा प्रयोग गर्नुपर्ने बताएका थिए ।
‘समयको बचत हुनेछ’
‘प्रविधिको क्षेत्रमा हरेक दिन नयाँ नयाँ आश्चर्यको उदय भइरहेको छ अनि यो पक्कै पनि अचानक भएको होइन । मलाई याद छ जब मैले सन् १९८४ मा कम्प्युटर किनेको थिएँ, त्यतिबेला सबैले सोचेका थिए कि हामी सबैले आफ्नो जागिर गुमाउनेछौँ । यो पनि त्यस्तै हो ।’
एआईको प्रयोग अगाडि बढ्न प्रयोग गर्न सकिने आफूलाई लागेको रहमानले बताए । यसको प्रयोग गरेर आफूहरूले आर्थिक रूपमा कमजोर व्यक्तिहरूको उत्थान गर्न सक्ने, कला र विज्ञान को क्षेत्रमा प्रतिभाहरूलाई शिक्षित र पोषित गर्न सक्ने पनि उनले बताए । यसको प्रयोग गर्दा समय बचत हुने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिमकोट गाउँपालिकाद्वारा २० विद्यालयलाई ल्यापटप वितरण
-
मध्यपूर्वमा पुनः युद्धको शंखघोषः इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, गाजाका सबै नाका बन्द
-
रास्वपा खोटाङको सभापतिमा थापा
-
मध्यपूर्वमा तनाव: इराक र सिरियाद्वारा हवाई क्षेत्र बन्द
-
अनुसन्धान र नवप्रवर्तन सम्बन्धी सम्मेलन सम्पन्न
-
रास्वपा सुर्खेतको सभापतिमा पुनः सापकोटा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण