आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

सङ्गीतमा एआई प्रयोगको समर्थनमा उत्रिए एआर रहमान

आइतबार, ०४ चैत २०८०, ११ : ३९
आइतबार, ०४ चैत २०८०

नयाँ दिल्ली । भारतका दिग्गज सङ्गीतकार एआर रहमानले सङ्गीतमा एआईको प्रयोगलाई सही बताएका छन् । रजनीकान्तको फिल्म ‘लाल सलाम’को एउटा गीतमा उनले एआईको सहाराले दुई दिवङ्गत गायकको आवाज प्रयोग गरेका थिए ।

 एआईको सहयोगमा रहमानले स्वर्गिय गायकद्वय बम्बा बक्या र साहुल हमीदको आवाज रिक्रियट गरेका थिए । उनको यो प्रयासलाई पुराना सम्झनाहरूलाई पुनर्जीवित गर्ने प्रयास भन्दै केहीले प्रशंसा गरेका थिए । तर केहीले भने उनले निकै आलोचना पनि गरेका थिए ।

रहमानको यस कमदले कयौँ मानिसको जागिर जान सक्ने आरोप लगाइएको थियो । यस विषयमा रहमानले अब भने मुख खोलेका छन् । हालै ‘द गोट लाइफ’को म्युजिक लन्चको क्रममा रहमानले एआईलाई रोजगारीमा खतरा नभई अगाडि बढ्ने औजारका रूपमा प्रयोग गर्नुपर्ने बताएका थिए ।

‘समयको बचत हुनेछ’

‘प्रविधिको क्षेत्रमा हरेक दिन नयाँ नयाँ आश्चर्यको उदय भइरहेको छ अनि यो पक्कै पनि अचानक भएको होइन । मलाई याद छ जब मैले सन् १९८४ मा कम्प्युटर किनेको थिएँ, त्यतिबेला सबैले सोचेका थिए कि हामी सबैले आफ्नो जागिर गुमाउनेछौँ । यो पनि त्यस्तै हो ।’

एआईको प्रयोग अगाडि बढ्न प्रयोग गर्न सकिने आफूलाई लागेको रहमानले बताए । यसको प्रयोग गरेर आफूहरूले आर्थिक रूपमा कमजोर व्यक्तिहरूको उत्थान गर्न सक्ने, कला र विज्ञान को क्षेत्रमा प्रतिभाहरूलाई शिक्षित र पोषित गर्न सक्ने पनि उनले बताए । यसको प्रयोग गर्दा समय बचत हुने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप