निफ्राको ६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, क–कसले पाउँछन् किन्न ?
आइतबार, ०४ चैत २०८०, १२ : ०७
काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक (निफ्रा) को ६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा आएको छ । संस्थापक सेयरधनी बोधप्रसाद त्रिपाठीले आफ्नो स्वामित्वमा रहेको ६ लाख कित्ता सेयर बिक्री गर्न चाहेपछि कम्पनीले बिक्रीमा ल्याएको हो ।
आइतबार एक सूचना जारी गर्दै निफ्राले इच्छुक विद्यमान सेयरधनीहरुलाई सेयर खरिदका लागि आवेदन माग गरेको छ ।
संस्थापक सेयर खरिद गर्ने पहिलो हक विद्यमान संस्थापकहरूमध्येबाटै हुने हुँदा कम्पनीले प्राथमिकता दिएको हो । इच्छुक विद्यमान संस्थापक सेयर धनीहरूले ३५ दिन भित्र बैंकको रजिष्टर्ड कार्यलय नयाँ बानेश्वर काठमाडौँमा आवेदन दिन सक्नेछन् । तर, तोकिएको म्याद भित्र विद्यमान संस्थापकहरूबाट आवेदन नपरेमा भने उक्त सेयर संस्थापक भन्दा बाहिर बिक्री गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण