राजनीतिक दलको नाम फेर्न दिइएको निर्देशन विरुद्धको रिटमा सुनुवाइ हुँदै
काठमाडौँ । तराई–मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)लाई नाम परिवर्तन गर्न भनी निर्वाचन आयोगले दिएको निर्देशन विरुद्धको रिटमा आज सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठको इजलासमा सुनुवाइ हुने तमलोपाका अध्यक्ष वृषेशचन्द्र लालले बताए ।
निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ५७ अनुसारको निर्णय उल्लेख गर्दै तमलोपासमेत १९ वटा दललाई नाम परिवर्तन गरी ३० दिनभित्र जानकारी गराउन निर्देशन दिएको थियो । सो निर्देशनका विरुद्ध तमलोपाले सर्वोच्चमा रिट दायर गरेको थियो ।
रिटमा ‘दलको नाम परिवर्तन गर्ने सम्बन्धमा जारी भएको पत्र प्रथम दृष्टमा नै अधिकार क्षेत्र बाहिरको, अनधिकृत एवम् कानुनको गलत प्रयोगयुक्त रहेको बदर भागी छ’ भनी उल्लेख छ । तमलोपाका केन्द्रीय सदस्य ब्रजकिशोर सिंहले निर्वाचन आयोगलाई ‘तराई–मधेश’ शब्द प्रति पूर्वाग्रह रहेको जस्तो देखिएको तर आयोगले पत्र लेख्दा कुनै कारण स्पष्टतः उल्लेख नगरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राम मन्दिरबाट दान चोरी प्रकरण: अनुसन्धानको जिम्मा सीबीआईलाई दिने तयारी
-
विमानस्थलबाट व्यापारी पक्राउ, जुत्ता र कपडा भनेर कार्गोमा सुनचाँदीका गहना अमेरिका लैजाने प्रयास
-
पूर्वमन्त्री बस्नेतसहित १६ जना विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
-
किभमा रूसको मिसाइल र ड्रोन आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु
-
नगरसभाले पारित गर्यो ललितपुर महानगरको बजेट
-
६ जिल्लाका साना नदीहरूमा आकस्मिक बाढीको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण