बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

राजनीतिक दलको नाम फेर्न दिइएको निर्देशन विरुद्धको रिटमा सुनुवाइ हुँदै

आइतबार, ०४ चैत २०८०, १३ : १७
आइतबार, ०४ चैत २०८०

काठमाडौँ । तराई–मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)लाई नाम परिवर्तन गर्न भनी निर्वाचन आयोगले दिएको निर्देशन विरुद्धको रिटमा आज सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठको इजलासमा सुनुवाइ हुने तमलोपाका अध्यक्ष वृषेशचन्द्र लालले बताए ।

निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ५७ अनुसारको निर्णय उल्लेख गर्दै तमलोपासमेत १९ वटा दललाई नाम परिवर्तन गरी ३० दिनभित्र जानकारी गराउन निर्देशन दिएको थियो । सो निर्देशनका विरुद्ध तमलोपाले सर्वोच्चमा रिट दायर गरेको थियो ।

रिटमा ‘दलको नाम परिवर्तन गर्ने सम्बन्धमा जारी भएको पत्र प्रथम दृष्टमा नै अधिकार क्षेत्र बाहिरको, अनधिकृत एवम् कानुनको गलत प्रयोगयुक्त रहेको बदर भागी छ’ भनी उल्लेख छ । तमलोपाका केन्द्रीय सदस्य ब्रजकिशोर सिंहले निर्वाचन आयोगलाई ‘तराई–मधेश’ शब्द प्रति पूर्वाग्रह रहेको जस्तो देखिएको तर आयोगले पत्र लेख्दा कुनै कारण स्पष्टतः उल्लेख नगरेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप