कुटपिट प्रकरण
राप्रपा सहायक महामन्त्री बलायरसहित तीन नेता निलम्बन
आइतबार, ०४ चैत २०८०, १५ : ४८
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेता ठाकुरमोहन श्रेष्ठमाथि आक्रमणमा संलग्न तीन जनालाई पार्टीबाट निलम्बन गरेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले तीन नेतालाई निलम्बन गरेका हुन् ।
निलम्बनमा पर्नेहरूमा सहायक महामन्त्री प्रेम बलायर, राप्रपा काठमाडौँ क्षेत्र नम्बर ४ का अध्यक्ष ऋद्धिप्रताप राणा र युवा संगठनका सदस्यसचिव निराजन बम रहेका छन् ।
घटनापछि कार्यसम्पादन समितिले पार्टीको अनुशासन समितिलाई ४८ घण्टाभित्र छानबिन गरी प्रतिवदन दिन निर्देशन दिएको थियो । अनुशासन समितिले बुझाएको प्रतिवेदन अनुसार राप्रपाले घटनाको भिडियो फुटेज विश्लेषण गर्नुका साथै सरोकारवालको बयान समेत लिएको थियो । गत फागुन २७ गते केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेका बेला नेता श्रेष्ठमाथि आक्रमण भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डीडीसीको घिउ खाडी मुलुक र चीनमा निर्यात गर्ने तयारी
-
प्रदेशको अधिकारमाथि प्रहार हुँदा चुप लागेर बस्दैनौं : केदार कार्की
-
आमाको दूध प्रतिस्थापन गर्ने वस्तु बिक्री गरे कानुनी कारबाही गरिने
-
धनुषामा विभिन्न मुद्दाका ११ जना फरार प्रतिवादी पक्राउ
-
नवलपरासीमा ईभी भ्यान र ट्रक ठोक्किँदा १० जना घाइते
-
७ वर्षभित्र नेपालको अर्थतन्त्र १०० खर्बको बनाउने सरकारको लक्ष्य: अर्थमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण