शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

आरबीबी–एनभीए भलिबल : पुरुषतर्फ बुढानिलकण्ठले कर्णाली प्रदेशलाई हरायो

आइतबार, ०४ चैत २०८०, १६ : १६
आइतबार, ०४ चैत २०८०

काठमाडौँ । ‘आठौँ आरबीबी–एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप’ को दोस्रो दिन आइतबार खेलिएको पुरुषतर्फको खेलमा बुढानिलकण्ठ भलिबल क्लबले सफलता हात पारेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिरषद् (राखेप) को कभर्ड हलमा जारी प्रतियोगिताको दोस्रो दिन खेलिएको खेलमा बुढानिलकण्ठले कर्णाली प्रदेशलाई‌ ३–० को सोझो सेटमा हराएको हो । बुढानिलकण्ठले पहिलो सेटको नतिजालाई २५–१० अंकले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेटको खेलमा पनि बुढानिलकण्ठ २५–१८ अंकले अगाडि रह्यो ।

एकपक्षीय खेलमा बुढानिलकण्ठले तेस्रो सेटको नतिजालाई पनि २५–१७ अंकले आफ्नो पक्षमा पार्यो । यसअघि आइतबार नै खेलिएको पुरुषतर्फको खेलमा सुदूरपश्चिम प्रदेशले जावलाखेल भलिबल क्लबलाई हराएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप