काठमाडौँको जनप्रदर्शन तयारीका लागि राप्रपा नेताहरू तराई- मधेसमा
काठमाडौँ । सरकार समक्ष राष्ट्रियता, विकास, सुशासन, सेवा प्रवाह र जनजीविकासँग सम्बन्धित विभिन्न ४० बॅुदे माग पत्र पेस गरेर आन्दोलनमा होमिएको राप्रपाले चैत २७ गते काठमाडौँ केन्द्रित जनप्रदर्शन गर्दै छ।
आफ्ना मागहरूबारे जनतालाई जागरूक तुल्याउन र जनमत सिर्जना गर्न राप्रपाका नेताहरू पॅाचदिने तराइ मधेस यात्रामा निस्कदैछन्। चैत ५ गतेदेखि ८ गतेसम्म तराइ मधेसका आठ जिल्लामा राप्रपाको आमसभा र कार्यकर्ता भेलाको आयोजना गरिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा हुने तराइ मधेस स्तरीय विभिन्न कार्यक्रममा वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङ, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री डा.धवलशमसेर राणा, प्रवक्ता ज्ञानेन्द्र शाही, मधेस प्रदेशका अध्यक्ष भरत गिरी, प्रतिनिधिसभा सदस्य बिना जयसवाल, नेतृ खुस्बु ओली र पार्टी सम्बद्ध युवा, विद्यार्थी, महिला संगठनका अध्यक्षहरू रहनेछन् ।
चैत ५ गते जनकपुरको जानकी मन्दिरमा पूजाआजा गरी मधेस प्रदेश यात्रा प्रारम्भ गर्ने राप्रपाका नेताहरू सोही दिन धनुषामा अगुवा कार्यकर्ता भेला र सर्लाहीको बरहथवामा हुने आमसभामा सहभागी हुनेछन्। राप्रपाले चैत ६ गते रौतहटको गौरमा कार्यकर्ता भेला र वीरगन्जमा आमसभा गर्नेछ भने सॅाझ उधोग वाणिज्य संघको सभाकक्षमा वीरगन्जका उद्योगी व्यवसायीसँग छलफल र अन्तर्क्रिया गर्नेछ।
चैत ७ गते बाराको निजगढमा आमसभा र बर्दिबासमा महोत्तरीको अगुवा कार्यकर्ता भेलाको आयोजना गरिएको छ। यसै गरी चैत ८ गते सिराहाको लहानमा कार्यकर्ता भेला गरेर सप्तरीको बोधेबसान नगरपालिकामा आमसभा गर्ने तालिका रहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डीडीसीको घिउ खाडी मुलुक र चीनमा निर्यात गर्ने तयारी
-
प्रदेशको अधिकारमाथि प्रहार हुँदा चुप लागेर बस्दैनौं : केदार कार्की
-
आमाको दूध प्रतिस्थापन गर्ने वस्तु बिक्री गरे कानुनी कारबाही गरिने
-
धनुषामा विभिन्न मुद्दाका ११ जना फरार प्रतिवादी पक्राउ
-
नवलपरासीमा ईभी भ्यान र ट्रक ठोक्किँदा १० जना घाइते
-
७ वर्षभित्र नेपालको अर्थतन्त्र १०० खर्बको बनाउने सरकारको लक्ष्य: अर्थमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण