आईसीसी अध्यक्ष ग्रेग आज नेपाल आउँदै
काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)का अध्यक्ष ग्रेग बार्क्ले आज नेपाल आउने भएका छन् । भारतको नयाँ दिल्लीमा आइतबार राति भएको वुमन्स प्रिमियर लिगको फाइनलमा सहभागी भएका अध्यक्ष बार्क आज सोमबार अपराह्न काठमाडौँ आइपुग्ने छन् ।
उनी चार बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छन् । चार दिने नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री वर्षमान पुन, युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिव टङ्कलाल घिसिङ र क्रिकेट सङ्घका पदाधिकारीसँग छलफल गर्ने कार्यतालिका रहेको छ ।
काठमाडौँ आएपछि उनीलाई क्यानले स्वागत गर्ने छ । यसैगरी मंगलबार क्यानका बोर्ड सदस्यहरूसँग छलफल गर्ने र त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानका साथै मूलपानीको पनि भ्रमण गर्ने छन् ।
यसैगरी बुधबार उनलाई फाउन्टेन फ्लाइट गराउने तयारी क्यानले गरेको छ भने स्वयम्भू, पाटन दरबार स्क्वायर र बौद्ध स्तुपाको भ्रमण गर्ने छन् । यसैगरी मंगलबार नै, प्रधानमन्त्री, अर्थमन्त्री, युवा तथा खेलकुदमन्त्री, राखेप सदस्यसचिवसहितको भेटवार्ता तय गरिएको छ ।
उनी बिहीबार बिहान काठमाडौँबाट नयाँ दिल्ली नै फिर्ता हुने छन् । भारतमा शुक्रबारबाट सुरु हुन लागेको इन्डियन प्रिमियर लिगको उद्घाटन समारोहमा सहभागी भएर आफ्नो देश फिर्ता हुने जनाइएको छ ।
नेपाली क्रिकेट टिमले पछिल्लो समय हासिल गरेको सफलता पछि आईसीसीले पनि नेपालको क्रिकेट विकासबारे चासो राख्न थालेकाले अध्यक्ष बार्कलेको नेपाल भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
विद्युत् खपत बढाउन नीतिगत एवं प्राविधिक तयारी गरिरहेका छौँ : ऊर्जामन्त्री
-
विश्वकपमा तेस्रो स्थानको भिडन्तः थोमस टुचेललाई किन छ अर्थपूर्ण ?
-
शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्ज प्रवेशमा अब ई–टिकेटिङ
-
पेरुमा जन्मिए ‘बेबी हल्यान्ड’ : विश्वकपका स्टार खेलाडीको नाममा बच्चाको नाम राख्ने लहर
-
१० बजे १० समाचार : सिक्काबाट चुच्चे नक्सा हटाउने चर्चा, २३ जिल्लामा रात्रिकालीन सवारीमा रोक
-
गण्डकीका ८ जिल्लामा रात्रिकालीन यातायात बन्द गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण