‘राप्रपा नेतृत्वको अन्यायपूर्ण निर्णयविरुद्ध सङ्घर्ष गर्छौँ’
काठमाडौँ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबाट अनुशासनको कारबाहीमा परेका तीन नेताहरूले आफूहरुविरुद्ध अन्यायपूर्ण निर्णय भएको बताएका छन् । सहायक महामन्त्री प्रेम बलायर, काठमाडौँ क्षेत्र नम्बर ४ का क्षेत्रीय अध्यक्ष ऋद्धि प्रताप राणा र युवक संगठनका सदस्यसचिव निराजन बमले सोमबार एक सार्वजनिक अपिल जारी गर्दै आफूहरूलाई पार्टीले निलम्बन गरेको घटनाबाट आश्चर्यचकित भएको बताएका छन् ।
पार्टीका नेता ठाकुर मोहन श्रेष्ठमाथि कुटपिटमा संलग्न भएको भन्दै अनुशासन समितिको सिफारिसमा अध्यक्ष राजेन्द्र लिङ्देनले उनीहरूलाई निलम्बनको निर्णय गरेका थिए ।
उनीहरुको अपिलमा २६ गते घटेको घटना प्रति आफूहरुपनि चिन्तित रहेका उल्लेख गर्दै भनिएको छ, ‘२७ गतेका दिन बैठक खानाको निमित्त रोकिएको समयमा एक नेता माथि कसले धकेलाधकेल गर्यो र हातपात गर्यो सो विषय हामीलाई जानकारी छैन।हामी बैठक चलिरहँदा सदाझैँ पार्टी अफिस पुगेका हौँ र त्यहाँ अनियन्त्रित भिडले हाम्रो नेता माथि धकेला धकेल गरिरहँदा मौन बस्न वा हेरिरहन हाम्रो नैतिकताले दिएन । तसर्थ हामी भिडलाई पन्छाउन गएका हौँ ।’ तर घटनामा आफूहरूको कुनै संलग्नता नरहेको उनीहरूको दाबी छ ।
पार्टीबाट भएको कारबाहीको निर्णय अस्वीकार गर्दै उनीहरूले भनेका छन्, ‘कार्यकर्ता माथि विवेकहीनताका साथ जुन निर्णय गरिएको छ । त्यसले हामीलाई मात्र हैन, तमाम देशभरिका कार्यकर्तामा समेत नकारात्मक सन्देश जाने र पार्टी क्षयीकरण तर्फ उन्मुख हुने कुरामा कुनै शङ्का छैन। यो अन्यायपूर्ण निर्णयको विरुद्ध हामी प्राण रहेसम्म सङ्घर्ष गर्नेछौँ ।’
_a87mDccR5A.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डीडीसीको घिउ खाडी मुलुक र चीनमा निर्यात गर्ने तयारी
-
प्रदेशको अधिकारमाथि प्रहार हुँदा चुप लागेर बस्दैनौं : केदार कार्की
-
आमाको दूध प्रतिस्थापन गर्ने वस्तु बिक्री गरे कानुनी कारबाही गरिने
-
धनुषामा विभिन्न मुद्दाका ११ जना फरार प्रतिवादी पक्राउ
-
नवलपरासीमा ईभी भ्यान र ट्रक ठोक्किँदा १० जना घाइते
-
७ वर्षभित्र नेपालको अर्थतन्त्र १०० खर्बको बनाउने सरकारको लक्ष्य: अर्थमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण