शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभाद्वारा सांसद शर्माको निधनप्रति शोक प्रस्ताव पारित

सोमबार, ०५ चैत २०८०, १४ : १४
सोमबार, ०५ चैत २०८०

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालकी सांसद मञ्जु शर्मा अन्सारीको निधन भएकोमा राष्ट्रिय सभाले शोक प्रस्ताव पारित गरेको छ ।  सोमवार बसेको राष्ट्रियसभा बैठकले सांसद शर्माको निधनप्रति शोक व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो ।

बैठकले स्वर्गीय अन्सारीको परिवारजनमा समवेदना समेत व्यक्त गरेको छ । उनको श्रद्धाञ्जलीस्वरुप सभाका सदस्यहरूले एक मिनेट मौन धारणसमेत गरे । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले भने– ‘संघीय संसद् प्रतिनिधिसभा सदस्य मञ्जु शर्मा अन्सारीको निधन भएकोमा शोक प्रस्ताव प्रस्तुत गर्दछु ।’ 

२०२० साल माघ १९ गते जन्मनुभएकी प्रतिनिधिसभा सदस्य मञ्जु शर्मा अन्सारीको मिति २०८० साल चैत्र ४ गते आइतबार उपचारको क्रममा असामयिक निधन भएकोमा राष्ट्रियसभाको यो बैठक उहाँको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दछ ।

स्व.अन्सारी जनता समाजवादी पार्टी नेपालबाट विक्रम संवत् २०७९ सालको प्रतिनिधिसभामा समानुपातिक सदस्यको रूपमा निर्वाचित सदस्यको रूपमा निर्वाचित हुनुभएको थियो । यो बैठक स्व.अन्सारीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दछ ।’

सांसद शर्मा २०७९ सालको निर्वाचन समानुपातिकतर्फको निर्वाचनबाट जनता समाजवादी पार्टीको तर्फबाट समानुपातिक सांसदको रूपमा निर्वाचित भएकी थिइन्  । २०४६ सालको जनआन्दोलनको क्रममा राजनीतिक यात्रा सुरु गरेकी ६० वर्षीया उनको चैत्र ४ गते काठमाडौँको सिभिल अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।

राष्ट्रियसभाको अर्को बैठक चैत्र ७ गते बुधवार बिहान सवा ११ बजे बस्ने गरी बोलाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप