१४ किलो सुन तस्करी प्रकरण
जीवनकुमार गुरुङ १५ लाख धरौटीमा रिहा
सोमबार, ०५ चैत २०८०, १७ : १०
काठमाडौँ । १४ किलो सुन तस्करीमा संलग्न आरोपमा पक्राउ परेका जीवनकुमार गुरुङ धरौटीमा रिहा भएका छन् । जिल्ला अदालतको आदेशमा उनि १५ लाख धरौटीमा रिहा भएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख सन्देश श्रेष्ठले रातोपाटीलाई बताए ।
त्रिभुवन बिमानस्थल भन्सार कार्यालयले गुरुङसँग १ अर्ब ४० करोड बिगो मागदावी लिएर मुद्दा दायर गरेको थियो । जिल्ला अदालत काठमाडौँका न्यायाधीश जीवनप्रसाद उपाध्यायले उनलाई रिहा गर्न आदेश गरेका हुन् ।
गोरखा बारपाक घर भएका ४५ वर्षीय चन्द्र घलेले दुबईबाट ल्याएको १४ किलो सुनमा गुरुङ्गको ‘कनेक्सन’ देखिएपछि केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई पक्राउ गरेको थियो । गुरुङ डिल्लीबजारमा सञ्चालित प्लाटिनम कलेजका प्रमुख कार्यकारी अधिकृत हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण