चोरहरूबाट कार बचाउन खोज्दा एक जनाको मृत्यु
म्यान्चेष्टर । बेलायतमा चोरहरूबाट कार जोगाउन खोज्दा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार आफ्नो ल्यान्ड रोभर कार चोरी हुन थालेको देखेर ५७ वर्षीय कार मालिकले चोरहरूलाई रोक्न खोजेका थिए । यस क्रममा उनलाई कारले ठक्कर दियो र घटनास्थलमै मृत्यु भयो ।
यो घटना शनिबार रातिको हो । म्यान्चेष्टरको बेस्विकस्थित ओलम्पिक सडकमा प्रहरीहरूले ती पुरुषलाई बेहोस अवस्थामा फेला पारेका थिए । एम्बुलेन्स क्रु र स्थानीय मानिसहरूले उनलाई होशमा ल्याउन सक्दो प्रयास गरेको भएपनि उनलाई ब्यूताउन नसकिएको बताइएको छ । घटनास्थलमै उनले प्राण त्यागेको ग्रेटर म्यान्चेष्टर पुलिस (जीएमपी)ले भनेको छ ।
यस घटनामा प्रहरीले २ जना संदिग्धलाई समातेका छन् । कार मालिकको हत्या गर्न खोजेको आरोपमा प्रहरीले एक जना ३५ वर्षीय पुरुषलाई समातेका छन् । हत्यामा सघाएको आरोपमा ४३ वर्षका अर्का पुरुषलाई समातिएको छ । सुरुआती पुछताजको क्रममा चोरहरूलाई कार चोर्न नदिने प्रयासमा पीडितको मृत्यु भएको खुलासा भएको जीएमपीले बताएको छ । यस मामिलाबारे प्रहरीहरूले अनुसन्धान गरिरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण