चोरहरूबाट कार बचाउन खोज्दा एक जनाको मृत्यु

म्यान्चेष्टर । बेलायतमा चोरहरूबाट कार जोगाउन खोज्दा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार आफ्नो ल्यान्ड रोभर कार चोरी हुन थालेको देखेर ५७ वर्षीय कार मालिकले चोरहरूलाई रोक्न खोजेका थिए । यस क्रममा उनलाई कारले ठक्कर दियो र घटनास्थलमै मृत्यु भयो ।
यो घटना शनिबार रातिको हो । म्यान्चेष्टरको बेस्विकस्थित ओलम्पिक सडकमा प्रहरीहरूले ती पुरुषलाई बेहोस अवस्थामा फेला पारेका थिए । एम्बुलेन्स क्रु र स्थानीय मानिसहरूले उनलाई होशमा ल्याउन सक्दो प्रयास गरेको भएपनि उनलाई ब्यूताउन नसकिएको बताइएको छ । घटनास्थलमै उनले प्राण त्यागेको ग्रेटर म्यान्चेष्टर पुलिस (जीएमपी)ले भनेको छ ।
यस घटनामा प्रहरीले २ जना संदिग्धलाई समातेका छन् । कार मालिकको हत्या गर्न खोजेको आरोपमा प्रहरीले एक जना ३५ वर्षीय पुरुषलाई समातेका छन् । हत्यामा सघाएको आरोपमा ४३ वर्षका अर्का पुरुषलाई समातिएको छ । सुरुआती पुछताजको क्रममा चोरहरूलाई कार चोर्न नदिने प्रयासमा पीडितको मृत्यु भएको खुलासा भएको जीएमपीले बताएको छ । यस मामिलाबारे प्रहरीहरूले अनुसन्धान गरिरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल पुलिस क्लब मकवानपुर महिला गोल्डकपको फाइनलमा
-
शून्य समय शून्यमा उडाउनका लागि हो भने बन्द गरौँ : जनार्दन शर्मा
-
महेश श्रेष्ठ निर्वाचित भएपछि परराष्ट्रले लियो एनआरएनएको एकता महाधिवेशन सार्ने निवेदन फिर्ता
-
एआईले बनाएको आफ्नो पोप अवतारबारे के भन्छन् ट्रम्प ?
-
युवा नीति संशोधन : उमेर समूह कति उचित ?
-
पाकिस्तानी सेनाको डेलिगेसन नेपालमा, सांसदले उठाए प्रश्न