आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

बैठकमा बाबुरामको आत्मालोचना– पुराना शक्तिलाई विश्वास गरेर गोरखा २ छोड्नु कमजोरी भयो

सोमबार, ०५ चैत २०८०, २१ : २६
सोमबार, ०५ चैत २०८०

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादीसँग उदार भएकोमा आत्मा आलोचना गरेका छन् । सोमबार केन्द्रीय समिति बैठकमा बाबुरामको कमजोरीप्रति केन्द्रीय सदस्यहरूले प्रश्न उठाएपछि उनले आत्मालोचना गरेका हुन् । 

अधिकांश नेताहरूले माओवादीको चुनाव चिन्ह लिएको, पार्टीभित्र सल्लाह नगरी प्रचण्डलाई गोरखा २ छोडेकोमा असन्तुष्टि जनाएका थिए । नेताहरूले उठाएको प्रश्नको जवाफ दिँदै भट्टराईले आफ्नो कमजोरी स्वीकार गरेर आत्मालोचना गरेको केन्द्रीय सदस्य कृष्णप्रसाद शर्माले बताए । 

‘म अलि उदार र आदर्श भएँ । पुराना शक्तिलाई विश्वास गरेँ । आँखा चिम्लिएर गोरखा पनि छोडिदियौँ । माओवादीको चुनाव चिन्ह पनि लियौँ । यसमा मैले गल्ती गरेँ । नियतवश गर्न खोजेको होइन । तर हाम्रो इमानदारिता फाइदा उठाउँदै क्यास गरे । यसमा मेरो कमजोरी रह्यो’, बाबुरामको भनाइ उदृद्ध गर्दै शर्माले भने । 

शनिबार अर्का अध्यक्ष महिन्द्र राय यादव समूहले माओवादी  केन्द्रसँग एकता गर्ने सहमति गरेपछि बैठकमा उनको कमजोरीको आलोचना भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप