बैठकमा बाबुरामको आत्मालोचना– पुराना शक्तिलाई विश्वास गरेर गोरखा २ छोड्नु कमजोरी भयो
काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादीसँग उदार भएकोमा आत्मा आलोचना गरेका छन् । सोमबार केन्द्रीय समिति बैठकमा बाबुरामको कमजोरीप्रति केन्द्रीय सदस्यहरूले प्रश्न उठाएपछि उनले आत्मालोचना गरेका हुन् ।
अधिकांश नेताहरूले माओवादीको चुनाव चिन्ह लिएको, पार्टीभित्र सल्लाह नगरी प्रचण्डलाई गोरखा २ छोडेकोमा असन्तुष्टि जनाएका थिए । नेताहरूले उठाएको प्रश्नको जवाफ दिँदै भट्टराईले आफ्नो कमजोरी स्वीकार गरेर आत्मालोचना गरेको केन्द्रीय सदस्य कृष्णप्रसाद शर्माले बताए ।
‘म अलि उदार र आदर्श भएँ । पुराना शक्तिलाई विश्वास गरेँ । आँखा चिम्लिएर गोरखा पनि छोडिदियौँ । माओवादीको चुनाव चिन्ह पनि लियौँ । यसमा मैले गल्ती गरेँ । नियतवश गर्न खोजेको होइन । तर हाम्रो इमानदारिता फाइदा उठाउँदै क्यास गरे । यसमा मेरो कमजोरी रह्यो’, बाबुरामको भनाइ उदृद्ध गर्दै शर्माले भने ।
शनिबार अर्का अध्यक्ष महिन्द्र राय यादव समूहले माओवादी केन्द्रसँग एकता गर्ने सहमति गरेपछि बैठकमा उनको कमजोरीको आलोचना भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण