आगलागीमा परेर बागमती प्रदेशमा दुईजनाको मृत्यु, सातजना घाइते
हेटौँडा । आगलागीका घटनामा परेर बागमती प्रदेशमा दुईजनाको मृत्यु भएको छ । प्रदेशको १३ जिल्लामा हिउँदयाममा भएको आगलागीका घटनामा परेर २ जनाको मृत्यु भएको हो ।
वन निर्देशनालय बागमती प्रदेशका सूचना अधिकारी गोविन्द अर्यालका अनुसार धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ स्थित जनजागृति महिला सामुदायिक वन क्षेत्रमा लागेको डढेलो निभाउन जाँदा भिरबाट लडेर धनबहादुर थापाको मृत्यु भएको छ । यस्तै रामेछापको खाडादेवी गाउँपालिका–७ मा रहेको भगवती सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा घाइते भएका कर्णबहादुर मगरको पनि उपचारका क्रममा मृत्यु भएको छ ।
पछिल्लो समय वर्षा कम भएकाले आगलागीको जोखिम पनि उच्च भएको निर्देशनालयले जनाएको छ । चैत सुरु भएयता मात्र बागमतीका ४ हजार हेक्टर वनमा डढेलो लागेको निर्देशनालयका सूचना अधिकारी अर्यालले बताए । उनका अनुसार रसुवामा मात्र करिब ३ हजार हेक्टर वनमा डढेलोले क्षति पुगेको छ ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार गत फागुनदेखि हालसम्मको अवधिमा आगलागीका घटनामा परेर ७ जना घाइते भएका छन् । प्रदेशको काठमाडौँ उपत्यका बाहेकका जिल्लाहरूमा भएका आगलागीका घटनामा परेर ७ जना घाइते भएका हुन् भने ८५ पशुचौपाय मरेका छन् । प्रदेशका १० जिल्लामा फागुन महिनामा भएको आगलागीका घटनामा परेर ४ जना घाइते भएका छन् । उक्त घटनामा परेर ७३ पशुचौपाय र ३ हजार २२३ पन्छी मरेका छन् । घटनामा ८ पशुचौपाय घाइते भएका छन् ।
सो अवधिको आगलागीका घटनामा परेर ६ पक्की, १६ कच्ची घर तथा १६ गोठ, ३ टहरा र २ सवारीसाधन जलेका छन् । फागुन महिनाको आगलागीका घटनामा आर्थिक रूपमा १ करोड ७१ लाख ३८ हजार रुपैयाँ बराबरको क्षति भएको प्रदेश प्रहरी कार्यालय हेटौँडाको अनुमान रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेनजी सहिद स्मारकको काम अलपत्र
-
ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व दाखिला
-
ट्रम्पद्वारा ‘रणनीतिक जित’ को दाबी, तर सम्झौताका सर्तबारे प्रश्नैप्रश्न
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण