नेपाल भ्रमण उपलब्धिमूलक रह्यो : आईसीसी अध्यक्ष बार्कले
काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का अध्यक्ष ग्रेग बार्कलेले आफ्नो तीन दिने नेपाल भ्रमण निकै उपलब्धिमूलक रहेको धारणा व्यक्त गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा आईसीसीका अध्यक्ष बार्कलेले आफ्नो भ्रमणलाई उपलब्धिमूलक र धेरै सकारात्मक पक्षहरू भएको धारणा राखेका हुन् ।
सो क्रममा बार्कलेले नेपाली खेलकुदका सरोकार निकाय राष्ट्रिय खेलकुद परिषद्, युवा तथा खेलकुद मन्त्री र प्रधानमन्त्रीसँगको भेटमा निकै राम्रो छलफल भएको समेत बताए । आईसीसी आपैmँ पनि क्रिकेट खेललाई राम्रो विकास गर्नुपर्छ भन्ने उद्देश्य लिएकाले नेपाल भ्रमणमा भएका छलफलले धेरै फाइदा लिने उनले बताए ।
नेपाललाई धेरैभन्दा धेरै खेलहरू प्रदान गर्दै सहयोग गर्न आईसीसी पनि तयार रहेको समेत उनको भनाइ छ । बार्कलेले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठसँग छलफल गरेका थिए । उक्त भेटका बारेमा प्रस्ट्याउँदै बार्कलेले नेपालमा क्रिकेट खेल विकास गर्न नेपाल सरकार पनि तयार रहेको आफूले पाएको बताए । सरकार क्रिकेट संरचना र राष्ट्रिय टोलीमा मात्र युथ डेभलपमेन्टमा समेत सहयोग गर्न सकारात्मक हुनु राम्रो पक्ष रहेको बार्कलेको धारणा छ ।
उनले नेपालमा क्रिकेटको शृङ्खलाहरू प्रदान गर्नका लागि क्रिकेट संरचनाका न्यूनतम मापदण्डहरू पूरा हुनुपर्ने उल्लेख गरे । त्यो मापदण्ड पूरा भएमा अन्तर्राष्ट्रिय टोलीले पनि नेपालमा शृङ्खलाहरू खेल्ने बताए । उनले नेपाल न्युट्रेल भेन्युका रूपमा पनि प्रयोग हुनसक्ने विश्वास व्यक्त गरे । आइसीसीको पूर्ण सदस्य राष्ट्रको मान्यता प्राप्त गर्न केही मापदण्ड पूरा गर्नुपर्ने समेत उनले उल्लेख गरे । उनले आयरल्याण्ड जस्ता राष्ट्रले पनि सोही मापदण्ड पूरा गरेर पूर्ण सदस्य राष्ट्र बनेको धारणा राखे । क्यानका सचिव पारस खड्काले ठूलाठूला आइसीसीका प्रतियोगिताहरू आयोजना गर्न नेपाल तयार रहेको आइसीसीले जानकारी गराएको उल्लेख गर्दै सरकार पनि संरचना निर्माणमा सकारात्मक रहनु सुखद् पक्ष रहेको बताए । उनले क्रिकेटका ठूला राष्ट्रसँग नेपालको सहकार्य बढाउन पहल गर्ने आइसीसीका अध्यक्षबाट आशा व्यक्त भएको खुलासा गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँग लामो सैन्य भिडन्तको तयारीमा इजरायल
-
नेतन्याहूले बोलाए सुरक्षा मन्त्रिपरिषद्को बैठक
-
अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत कुन प्रदेशले कति पाए रकम ? (विवरणसहित)
-
अर्थमन्त्रीलाई अर्यालको प्रश्न : संसद्मा एउटा र मन्त्रालयमा अर्को अङ्क राखेर कसको स्वार्थ पूरा गरियो ?
-
कुन प्रदेश र स्थानीय तहलाई कति वित्तीय हस्तान्तरण ? (सूचीसहित)
-
कांग्रेस सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको प्रमुख सचेतक धामीले दिए राजीनामा, खड्काले पाइन् जिम्मेवारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण