सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

कामना सेवाको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

बिहीबार, ०८ चैत २०८०, १० : ३३
बिहीबार, ०८ चैत २०८०

काठमाडौँ । विश्व वित्तीय सप्ताहको अवसरमा कामना सेवा विकास बैंकले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । विश्व वित्तीय सप्ताह किशोर तथा युवाहरूमा वित्तीय शिक्षाको महत्त्व बारेमा जागरण ल्याउने अर्गनाइजेशन अफ इकोनोमिक कोअपरेशन एन्ड डेभलपमेन्टको संयोजनमा हरेक वर्ष मार्च २२ देखि २८ सम्म मनाउने गरिन्छ । उक्त सप्ताहको अवसरमा बैंकले विभिन्न साक्षरता कार्यक्रम आयोजना गरेको जनाएको छ । 

जस अन्तर्गत कामना सेवा विकास बैंकले विभिन्न स्कुल तथा कलेजमा अध्ययनरत विद्यार्थीहरूलाई बैंकको केन्द्रीय कार्यालय तथा शाखा कार्यालयहरू भ्रमण गराएको छ । बैंकका विभिन्न शाखा तथा विभागहरू र त्यहाँबाट गरिने कार्यहरूको बारेमा विद्यार्थीहरूलाई जानकारी गराइएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

हाल बैंकले आफ्ना १३५ सञ्जालहरू तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत आफ्नो सेवा सुविधाहरू प्रदान गर्दै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप