सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

बैंकिङ प्रणालीबाट आज राष्ट्र बैंकले ५० अर्ब तरलता तान्दै

बिहीबार, ०८ चैत २०८०, १० : ५७
बिहीबार, ०८ चैत २०८०

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार ५० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । बैैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता थुप्रिएसँगै केन्द्रीय बैंकले निक्षेप सङ्कलन उपकरणमार्फत १४ दिनका लागि ५० अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको हो । 

पछिल्लो समय बैंकिङ प्रणालीमा निक्षेप (डिपोजिट) बढिरहेको छ तर सोही अनुसार कर्जा माग नहुँदा तरलता थुप्रिरहेको छ । यसैले केन्द्रीय बैंकले सस्तो ब्याजमा निक्षेप सङ्कलन उपकरणमार्फत निरन्तर बैंकिङ प्रणालीमार्फत तरलता तानिरहेको छ । 

चैत ३ गतेको पछिल्लो रिपोर्ट अनुसार बैंक तथा वित्तीय संस्थाहरूले सङ्कलन गरेको निक्षेपको आकार ६१ खर्ब ८७ अर्ब रुपैयाँ पुगेको छ । तर सोही अवधिमा बैंकहरूले गरेको कर्जा लगानी भने जम्मा ५० खर्ब ८० अर्ब रुपैयाँ हारहारी मात्र देखिन्छ । 

अन्तर बैंक ब्याजदर २.७३ प्रतिशत रहेकोमा ट्रेजरी बिलको ब्याजदर समेत अधिकतम ३.३२ प्रतिशतमा झरेको छ । बैंक तथा वित्तीय संस्थाहरूले कर्जा/निक्षेप अनुपात (सीडी रेसिया) ७९.७१ प्रतिशत मात्र कायम गरेका छन् । यसो हुँदा हाल बैंकहरूसँग ६ खर्बमाथि लगानी योग्य पुँजी (तरलता) रहेको बुझिएको छ । 

जसले गर्दा पनि केन्द्रीय बैंकले पछिल्ला दिनहरूमा रिभर्स रिपो अर्थात् निक्षेप सङ्कलन उपकरणमार्फत लगातार बैंकिङ प्रणालीमार्फत तरलता प्रशोचन गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप