सभामुख घिमिरे नेतृत्वको १० सदस्यीय टोली जेनेभा प्रस्थान
काठमाडाैँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे नेतृत्वको १० सदस्यीय टोली स्विट्जरल्याण्डको जेनेभा प्रस्थान गरेको छ ।
यही चैत १० देखि १४ गतेसम्म जेनेभामा हुने अन्तर व्यवस्थापिका संघ (आइपियू) को १ सय ४८औँ महासभामा सहभागी हुन सभामुख सहितको टोली बिहीबार साँझ त्यसतर्फ प्रस्थान गरेको हो ।
सभामुख घिमिरे नेतृत्वको प्रतिनिधिमण्डल कतार एयरलान्सको उडानबाट दोहा हुँदै जेनेभातर्फ प्रस्थान गरेको सङ्घीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जनाएका छन् ।
घिमिरेको नेतृत्वमा सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय, सहसचिव एवं प्रवक्ता एकराम गिरी, उपसचिव प्रदीप गुरागाईँ, सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराई रहेका छन् ।
यस्तै नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक, एमाले प्रमुख सचेतक महेशकुमार बर्तौला, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका सन्तोष परियार रहेका छन् । साथै राष्ट्रियसभा सदस्य गंगाकुमारी बेल्वासेपनि सो टोलीमा रहेकी छिन् ।
सभामुख घिमिरेले संसदीय कूटनीति, शान्ति र समझदारीको लागि सेतु निर्माणका विषयमा आफ्नो वक्तव्य प्रस्तुत गर्ने, सङ्घीय संसद्का महासचिवले सङ्गठनका बैठकहरूमा सहभागिता जनाउने सहायक प्रवक्ता धमलाले जनाएका छन् ।
महासभामा सहभागी भई सभामुख नेतृत्वको टोली चैत १६ गते बिहान ९ बजे स्वदेश फर्कने कार्यक्रम रहेको छ । सभामुखसहितको टोलीको जेनेभा भ्रमणका कारण प्रतिनिधि सभाको बैठक चैत १८ गतेसम्मका लागि स्थगित गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
-
दोस्रो सातामा प्रवेश गरेसँगै ‘रोल नं १’को नयाँ गीत ‘रङ्गिन सपना’ सार्वजनिक
-
कक्रोच जनता पार्टीको प्रदर्शनअघि दिल्लीमा उच्च सुरक्षा सतर्कता
-
बाढी पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
एल निनोको ‘अनिश्चित र भयावह’ परिणाम: भारतमा चरम खडेरी र चीनमा बाढीको त्रास
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण