घलेगाउँको पर्यटन प्रवर्द्धन गर्न फुटबल प्रतियोगिता
लमजुङ । फुटबलको माध्यमबाट पर्यटक भित्र्याउने लक्ष्यका साथ दक्षिण एशियाकै नमूना क्व्होलासोथर गाउँपालिका–३ घलेगाउँमा आगामी वैशाख १ गतेदेखि ‘सातौँ स्मार्ट भिलेज आमन्त्रण गोल्डकप’ फुटबल प्रतियोगिता हुने भएको छ ।
समुद्र सतहबाट दुई हजार एक सय मिटर उचाइमा रहेको करिब आठ सय वर्ष पुरानो घलेगाउँस्थित घलेगाउँको स्वर्र्गभूमि रङ्गशालामा उक्त प्रतियोगिता हुने भएको हो ।
प्रतियोगिता आयोजक पर्यटन व्यवस्थापन समिति, स्मार्ट भिलेज घलेगाउँले बिहीबार बेँसीसहरमा पत्रकार सम्मेलन गरेर देशका प्रतिष्ठित १२ फुटबल क्लबीच प्रतिस्पर्धा हुने जनाएको छ । प्रतियोगितामा प्रथम हुने टोलीलाई रु पाँच लाख ५० हजार पाँच सय ५५, गोल्डकप र पदक, दोस्रो स्थान हासिल गर्नेलाई रु तीन लाख ५० हजार तीन सय ५५ सहित पदक प्रदान गरिने भिलेज घलेगाउँका अध्यक्ष प्रेमबहादुर घलेले जानकारी दिए ।
प्रतियोगितामा सर्वाधिक गोलकर्ता र उत्कृष्ट खेलाडीलाई जनही नगद रु १० हजारसहित पदक प्रदान गरिने छ । छ दिनसम्म सञ्चालन हुने प्रतियोगिताअन्तर्गत नकआउट आधारमा खेल हुनेछन् । प्रतियोगिता सञ्चालन गर्न रु ३१ लाख ८० हजार लाग्ने अनुमान गरिएको अध्यक्ष घलेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
-
गाडीमा कर छल्न भन्सारमा चलखेल : रसुवाका ६ जना कर्मचारी तानिए, छानबिन समिति गठन
-
गाजामा पछिल्लो २४ घण्टामा कम्तीमा ११ जनाको मृत्यु, ३२ जना घाइते
-
भुटानी ब्याटरलाई ‘टाइम–आउट’ आउट गराएको घटनामा नेपाल क्रिकेट सङ्घले माग्यो माफी
-
युद्धविराम घोषणाको केही घण्टामै इजरायल र हिजबुल्लाहबिच हानाहान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण