आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

केटलाई क्यान्सर भएको खुलासा

शनिबार, १० चैत २०८०, ०६ : ५४
शनिबार, १० चैत २०८०

लण्डन । वेल्सकी राजकुमारीले आफूलाई क्यान्सर भएको खुलासा गरेकी छन् । एक भिडियो सन्देश जारी गर्दै केट मिडलटन (क्याथरिन) ले आफूले क्यान्सरको प्राथमिक चरणको उपचार गराइरहेको बताएकी हुन् ।

आफ्नो सन्देशमा केटले क्यान्सर पत्ता लाग्दा आफूलाई ठुलो झट्का लागेको र पछिल्ला केही महिना निकै कठिन रहेको बताएकी छन् । उनले भनेकी छन्, ‘तर म ठिक छु र हरेक दिन बलियो हुँदै गइरहेकी छु ।’

केटलाई कुन क्यान्सर लागेको भन्ने नखुलाए पनि केन्सिङटन प्यालेसले केटले पूर्ण स्वास्थ्य लाभ गर्नेमा विश्वास व्यक्त गरेको छ । भिडियोमा केटले गत जनवरीमा पेटको अप्रेसन गरेको खुलाए पनि त्यतिबेला त्यहाँ क्यान्सर देखिएको वा नदेखिएको बताएकी छैनन् ।

‘अप्रेसनपछि गरिएको परीक्षणमा क्यान्सर रहेको पाइएको थियो । मेरो मेडिकल टिमले मलाई केमोथेरापीमा जान सल्लाह दिएपछि म अहिले प्राथमिक उपचारको चरणमा छु,’ उनले भनेकी छन् । गत फेब्रुवरीको अन्त्यबाट केमोथेरापी सुरु भएको बताइए पनि क्यान्सरबारे थप जानकारी साझा नगरिने केन्सिङटन प्यालेसलले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप