इन्स्टाग्राममा उपलब्ध छ यो गोप्य मोबाइल गेम
काठमाडौँ । इन्स्टाग्राम एक लोकप्रिय सामाजिक मिडिया प्लेटफर्म हो। यसमा मानिसहरूले फोटो र भिडियो मात्र सेयर गर्दैनन्, यसले सन्देश र कल गर्ने सुविधा पनि प्रदान गर्दछ।
आजकल इन्सटाग्राममा रिलहरू पनि ठुलो सङ्ख्यामा देखिन्छन्। तर, यी सबैबाहेक इन्स्टाग्राममा खेल्ने एउटा गोप्य मोबाइल गेम पनि छ । यसलाई गोप्य भनिएको छ किनभने सामान्यतया, जबसम्म कसैले तपाईंलाई यसको बारेमा बताउँदैन वा तपाईंले गल्तीले यसलाई सुरु गर्नुहुन्न। तब सम्म यो खेल को अस्तित्वको बारेमा कुनै जानकारी हुँदैन।
यो गोप्य खेल डाइरेक्ट म्यासेजमा हुन्छ। यसको मतलब, यदि तपाईंले कसैलाई सन्देश पठाउनुभएको छ र तिनीहरूको जवाफको लागि पर्खिरहनु भएको छ भने, तपाईं सजिलैसँग यो पिङ-पोङ खेल खेल्न सक्नुहुन्छ।
इन्स्टाग्राममा लुकेको मिनी-गेम छ, जसमा डारेक्ट मेसेजमा पठाइएका इमोजीहरू पिङ-पोङ गेममा परिणत हुन्छन्। यो खेल खेल्नको लागि तपाईंले कुनै पनि डाइरेक्ट मयासेजमा इमोजी पठाउनु पर्छ। यसपछि उक्त इमोजीलाई एकपटक ट्याप गर्नुपर्नेछ। तपाईंले ट्याप गर्ने बित्तिकै, यो पिङ-पोङ खेल सुरु हुन्छ।
तपाईंले फेला पार्नु भएको कुनै पनि इमोजीमा ट्याप गरेर यो गेम खेल्न सक्नुहुन्छ। यसको मतलब प्रेषक र प्राप्तकर्ता दुवैले इमोजीमा ट्याप गर्ने बित्तिकै गेम खेल्न सक्छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण