एनभीए भलिबलमा हेल्प नेपाल र एभरेस्ट च्याम्पियन
काठमाडौँ । हेल्प नेपाल स्पोर्टस् र एभरेस्ट भलिबल क्लब आठौँ आरबीबी एनभिए भलिबल च्याम्पियनसिपको च्याम्पियन भएका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिवार सम्पन्न च्याम्पियनसिपमा हेल्प नेपाल पुरुषमा र एभरेस्ट महिलामा च्याम्पियन भएका हुन् । च्याम्पियन टोली हेल्प नेपाल र एभरेस्ट भलिबल क्लबले समान पाँच लाख रुपैयाँसहित ट्रफी प्राप्त गरे ।
फाइनलमा हेल्प नेपालले त्रिभुवन आर्मी क्लबमाथि ३–२ को सङ्घर्षपूर्ण जित निकाल्दै उपाधि रक्षा गरेको हो । हेल्प नेपालले आर्मीलाई २०–२५, २७–२५, २३–२५, २९–२७ र २२–२० को रोमाञ्चक सेटमा हरायो । उपविजेता आर्मीले दुई लाख रुपैयाँसहित ट्रफी पायो ।
महिलातर्फ फाइनलमा भने एभरेस्टले नेपाल पुलिस क्लबलाई ३–१ ले हरायो । पहिलो सेट गुमाए पनि उत्कृष्ट पुनरागमन गर्दै एभरेस्ट पहिलोपटक च्याम्पियन बनेको हो । पुलिसले समूह चरणमा एभरेस्टमाथि ३–२ को जित निकालेको थियो । फाइनलमा भने एभरेस्टले बदला लिँदै पहिलो उचाल्यो । फाइनलमा भने एभरेस्टले पुलिसलाई १९–२५, २५–२२, २५–१८ र २५–१९ ले हरायो । उपविजेता पुलिसले दुई लाख रुपैयाँसहित ट्रफी पायो । महिलातर्फ नै शुक्रबार नै एपीएफ तेस्रो भएको थियो ।
पुरुषतर्फ शनिवार तेस्रो स्थानका लागि भएको खेलमा नेपाल पुलिस क्लबले गण्डकी प्रदेशलाई २५–१६, २५–२० र २९–२७ ले हरायो । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, पूर्वमन्त्री रामकुमारी झाँक्री, राखेप बोर्ड सदस्य प्रकाश कुसारी र नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दलगायतले पुरस्कृत गरे । नेपाल भलिबल संघको आयोजनामा सम्पन्न प्रतियोगिता आठ दिनसम्म चलेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीपहिरोले छ वटा राजमार्ग अवरुद्ध
-
मनसुन प्रतिकार्य कमाण्ड पोस्टको बैठक: रातो रङ अङ्कित २३ जिल्लामा रात्रिकालीन सवारीमा रोक
-
झापामा विपद्का घटनाः २२ करोडभन्दा बढीको क्षति
-
साउनभित्रै सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग : सुरक्षा र प्रविधिको कस्तो छ प्रबन्ध ?
-
पोखरामा शृङ्खलाबद्ध चोरीः नेपालीसहित भारतीय र चिनियाँ नागरिकको गिरोह पक्राउ
-
पर्वतमा ट्याक्टर दुर्घटनाः चालकसहित दुई जनाको मृत्यु, एक घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण