शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नवनिर्मित विद्यालय भवन हस्तान्तरण नहुँदै जीर्ण

आइतबार, ११ चैत २०८०, ०९ : ३६
आइतबार, ११ चैत २०८०

हुम्ला । सिमकोट गाउँपालिका–४ हिल्दुम गाउँमा निर्मित बालविकास आधारभूत विद्यालयको भवन हस्तान्तरण नहुँदै जीर्ण भएको छ । निर्माण कम्पनीले काम पूरा गरेको भए पनि उपभोक्ता समितिबाट रु ६५ हजार नपाउँदा  भवन हस्तान्तरण हुन सकेको छैन । भवन निर्माण भएको छ वर्ष पूरा भएको छ । विसं २०७५ मा रु १० लाखमा निर्माण पूरा भएको हो । 

भवन निर्माणमा संलग्न मुक्म शाहीका अनुसार उपभोक्ता समितिबाट ठेक्का आफूले लिएर काम सके पनि  बाँकी रु ६५ हजार माग्दा नदिएपछि भवन  विद्यालयको नाममा हस्तान्तरण नगरेको बताए । 

उपभोक्ता समितिका अध्यक्ष अकिल शाही अहिले जिल्ला बाहिर भएको आफूसँग कामदारलाई दिने पैसा नभएको सचिव जयदेवी शाहीले बताइन् । अहिले उक्त भवनमा स्वास्थ्य एकाइ राखिएको छ । कामदारले पैसा नदिँदासम्म कसैलाई पनि भवन प्रयोग गर्न नदिने भने पनि गाउँवासीले पैसा दिलाइदिने निर्णय गरेर विद्यालयको भवन केही समयका लागि स्वास्थ्यलाई दिने निर्णय गरेका थिए । जीर्ण हुँदै गएको भवन हस्तान्तरण नहुँदै भत्कियो भने त्यसको जिम्मेवारी उपभोक्ता समितिले लिनुपर्ने मुक्म शाहीले बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप