सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

सहकारीमा देखिएको समस्या समाधानका लागि सरकार लागेको छः गृहमन्त्री लामिछाने

आइतबार, ११ चैत २०८०, ११ : २४
आइतबार, ११ चैत २०८०

चितवन ।  उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले देशभरी सहकारीमा देखिएको समस्या समाधानका लागि सरकार लागेको बताउनुभएको छ । आइतबार पत्रकारहरुसँग कुराकानी गर्दै उनले सहकारीपीडितसँग सरकारले वार्तामार्फत समस्या समाधानको प्रयास गरेको बताए । 

उनले भने, “सरकारी वार्ता टोली र सहकारीपीडितको वार्तामा सहमति भएको छ । सहमति कार्यान्वयनमा आउँछ ।” देशभरिका सहकारीपीडितको समस्या समाधान गरिने उहाँको भनाइ थियो । सहकारीको पैसा अपचलन गर्नेहरुको सम्पत्ति खोजेर भए पनि बचत कर्ताको पैसा फिर्ता गर्ने उनले बताए ।

गृहमन्त्री लामिछानेले बचतकर्ताको रकम फिर्ता गर्नका लागि सम्बन्धित दोषीहरुको सम्पत्ति ल्याएर भए पनि उपलब्ध गराउने बताए । 

सहकारीको पैसा अपचलन गरेर फरार रहेका जीवि राईलाई नियन्त्रणका लागि सरकारले पूरै शक्ति परिचालन गरेको उनले बताए । सरकारले गरेका अनुसन्धान र अध्ययनका कुरा पहिलेनै सार्वजनिक गर्न नहुने भन्दै उनले राई छिट्टै पक्राउ पर्ने विश्वास व्यक्त गरे । 

सरकारले गरेका कामको नतिजा पूर्णरुपमा आउने उनको भनाइ थियो ।  प्रक्रियामा केही जटिलता भए पनि नतिजा आउने गरी काम गर्ने उनले बताए । 

फरक प्रसङगमा बोल्दै उनले चेपाङ् समुदायका लागि राज्यको उपस्थिति हुनेगरी सरकारले काम गर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप