सचिवालय बैठक
एकीकृत समाजवादीले सोमबारसम्म उम्मेदवारीबारे निर्णय लिने
आइतबार, ११ चैत २०८०, १६ : १२
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले वैशाख १५ मा हुने उपनिर्वाचनबारे सोमबारसम्ममा उम्मेदवार उठाउने नउठाउने निर्णय लिने भएको छ । आइतबार बसेको सचिवालय बैठकले सत्ता गठबन्धन दलहरूसँग छलफल गरेपछि मात्रै उम्मेदवार उठाउने नउठाउने निर्णय गर्ने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
‘उम्मेदवारीको तयारी हुँदैछ । एकपटक सत्ता गठबन्धनसँग छलफल गरेर अन्तिम निर्णय गर्छौ’, खतिवडाले भने, ‘विभिन्न कोणबाट सूचना सङ्कलन गर्दै छौ र वस्तुनिष्ठ समीक्षापछि निर्णयमा पुग्छौ ।’
नेकपा एमालेले उपनिर्वाचनमा उम्मेदवार तय गरिसकेको छ । माओवादी केन्द्रले उपनिर्वाचनमा उम्मेदवार उठाउने नउठाउने भन्ने निर्णय गरिसकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण