होली खेल्ने क्रममा महाकाल मन्दिरमा आगलागी : १३ जना घाइते
उज्जैन । मध्य प्रदेशको उज्जैनस्थित महाकाल मन्दिरको गर्भगृहमा भएको आगलागीमा परी कम्तीमा १३ जना घाइते भएका छन् । बीबीसीका अनुसार होलीको अवसरमा भस्म आरतीका क्रममा अबिर फाल्ने क्रममा आगलागी भएको हो ।
उज्जैनका जिल्ला अधिकारीका अनुसार आगलागीमा परी घाइते भएकाहरुलाई जिल्ला अस्पतालमा भर्ना गरिएको छ । जिल्ला अधिकारी नीरजकुमार सिंहले भने, ‘भस्म आरतीका क्रममा आगलागी भएको हो । यस घटनामा १३ जना घाइते भएका छन् ।’
घटना हुँदा मन्दिर परिसरमा होली मनाइँदै थियो । पुजारी अनिश शर्माले भने, ‘महाकाल मन्दिर परिसरमा परम्परागत होली पर्व मनाइँदै थियो । रङको प्रयोगका कारण गर्भगृहमा आगलागी भएको छ । घटनामा मन्दिरका पुजारी घाइते भएका छन् । घाइतेहरुलाई अस्पताल लगिएको छ ।’
स्थानीय सञ्चारमाध्यमका अनुसार भस्म आरतीका क्रममा अबिर खन्याउँदा यो दुर्घटना भएको हो । दियोबाट उडिरहेको अबिरमा आगो सल्किएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण