आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

बलुचिस्तानको तुरबात विमानस्थल नजिकै हमला

मङ्गलबार, १३ चैत २०८०, ०८ : ११
मङ्गलबार, १३ चैत २०८०

इस्लामवाद । पाकिस्तानको बलुचिस्तान प्रान्तको तुरबातमा अतिवादीहरूले हमला गरेका छन् । यो इरानसँग सीमा जोडिएको क्षेत्र हो । मकरान डिभिजनका कमिश्नर सईद इमरानीले यसको पुष्टि गरेका छन् । सोमबार राति एयरपोर्ट नजिकै हमला भएको उनले बताएका थिए ।

चारदेखि छ जना आक्रमणकारीले तीन स्थानबाट एयरपोर्टलाई निशाना बनाएको बीबीसीसँगको कुराकानीमा उनले भने । तर निशाना नौसेनाको एयरबेसमा पुग्न नसकेको बताइएको छ ।

आक्रमणकारीहरू सडक मार्ग भएर तुरबत एयरपोर्टमा प्रवेश गरेका थिए । तर सुरक्षा बलले उनीहरूको षड्यन्त्र विफल पारे र उनीहरूलाई अगाडि बढ्नबाट रोके । हमलाको जिम्मेवारी प्रतिबन्धित चरमपन्थी संगठन बीएलएको माजिद ब्रिगेडले लिएको छ । एक साताभित्र बलुचिस्तानमा यो चरमपन्थी संगठनले गरेको यो दोस्रो आक्रमण हो । यसअघि ग्वादर जिल्लामा बन्दरगाह प्राधिकरण कम्प्लेक्समा आक्रमण भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप