अमेरिकामा चिनियाँ ह्याकरहरूविरुद्ध प्रतिबन्धको घोषणा
काठमाडौँ । अमेरिकी सरकारले चिनियाँ ह्याकरहरूविरुद्ध प्रतिबन्धको घोषणा गरेको छ । बाइडेन प्रशासनले धेरै चिनियाँ ह्याकरहरूलाई अमेरिकी कम्पनीहरू र सरकारी अधिकारीहरू विरुद्ध व्यापक ह्याक गरेको आरोपमा मुद्दा पनि चलाइनेछ ।
अमेरिकाको न्यूयोर्कस्थित संघीय अदालतले सात चिनियाँ नागरिकलाई दोषी ठहर गरेको छ । ती सबैलाई वर्षौँदेखि ह्याकिङ गरेको आरोप लगाइएको थियो ।
ह्याकरहरूले अमेरिकी लोकतान्त्रिक संस्थाहरूलाई निशाना बनाएको दाबी गरिएको छ । ह्याकरहरूले अमेरिकाका केही महत्त्वपूर्ण पूर्वाधार क्षेत्रहरूलाई लक्षित गरेको भन्दै अमेरिकी ट्रेजरी डिपार्टमेन्टले ती दुई व्यक्तिविरुद्ध प्रतिबन्धको घोषणा गरेको छ ।
अमेरिकाको विदेश मन्त्रालयले यी सातै जनाको बारेमा जानकारी दिने जो कोहीलाई एक करोड डलरसम्म पुरस्कार दिने घोषणा गरेको छ ।
चिनियाँ सरकारसँग जोडिएका ह्याकरहरूले अमेरिकी अधिकारीहरू, पत्रकारहरू, निगमहरू, प्रजातन्त्र समर्थक कार्यकर्ताहरू र बेलायतको चुनावी निगरानीकर्ताहरूलाई लक्षित गरी ठुलो मात्रामा अपरेसन सुरु गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
चिनियाँ सरकारका आलोचकहरूलाई उत्पीडन गर्ने र अमेरिकी कर्पोरेसनहरूबाट डाटा चोर्ने र उच्च तहका राजनीतिक व्यक्तित्वहरूको जासुसी गर्ने उद्देश्यले सन् २०१० मा सुरु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भौतिक पूर्वाधारमन्त्री लम्साल कर्णाली राजमार्ग र करिडोरको अनुगमनमा
-
करिब एक महिनादेखि बन्दपछि खुलेको चिडियाखानामा चहलपहल, तस्बिरमा हेर्नुहोस्
-
सेयर बजारमा उच्च सुधार, बोर्डको मार्गचित्र र अर्थमन्त्रीको विज्ञप्तिले उचाल्यो सूचक
-
महिलाको संवैधानिक अधिकार र कार्यान्वयनको प्रश्न
-
उपधारा ५ को सरकार ढले प्रदेशसभा विघटन हुन सक्छ : मुख्यमन्त्री कार्की
-
रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दल, राजनीतिक अस्थिरतातिर प्रदेशहरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण