सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
क्रिकेट

११ रन बनाउँदै आउट भए ओपनर आसिफ शेख

मङ्गलबार, १३ चैत २०८०, १३ : १४
मङ्गलबार, १३ चैत २०८०

काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेपालले आयरल्यान्ड ‘ए’ विरुद्धको दोस्रो टी-२० खेलमा सोमबार आफ्नो पहिलो विकेट गुमाएको छ । नेपालले पहिलो विकेटका रूपमा ओपनर आसिफ शेखलाई गुमाएको हो । 

विकेटकिपर ब्याट्सम्यान असिफ नौ बलमा एक छक्का र एक चौकाको मद्दतले ११ रन बनाउँदै आउट भए । उनलाई आयरल्यान्डका बलर म्याथ्यू फोष्टरले विकेटकिपर स्टेफन डोहेनीद्वारा क्याच गराएका हुन् । २.५ ओभरमा आसिफ आउट हुँदा नेपालले ३४ रन बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप