लडाकु विमान बेच्न तयार भयो जापान
टोकियो । जापानले पहिलो पटक लडाकु विमान बेच्ने निर्णय गरेको छ । जापानले बेलायत र इटालीलगायत अन्य देशसँग सहकार्य गरेर लडाकु विमान बनाइरहेको छ । जापानको मन्त्रिपरिषद्ले पनि हतियार उपकरणसम्बन्धी निर्देशिकामा संशोधन गर्ने प्रस्तावलाई समर्थन गरेको छ । यसबाट अन्य देशलाई लडाकु विमानसमेतका घातक हतियार बिक्री गर्न अनुमति मिल्न सक्ने बताइएको छ । यसअघि भने जापानमा शान्तिवादी संविधान अन्तर्गत हतियार निर्यातमा प्रतिबन्ध लगाइएको थियो । चीनसँग बढ्दो तनावका बिच यो कदम चालिएको समाचारमा जनाइएको छ ।
यति बेला जापानले अमेरिकाले डिजाइन गरेका एफ–२ फाइटर प्लेन र बेलायतले प्रयोग गरेको युरोफाइटर टाइफुनलाई बदल्नका लागि नयाँ प्रविधिबाट लडाकु विमान तयार गरिरहेको छ । यस कार्यमा इटाली र बेलायतले जापानलाई सहयोग गरिरहेका छन् । यस कार्य योजनालाई ग्लोबल कम्ब्याट एयर प्रोग्राम नाम दिइएको छ । यसको मुख्यालय बेलायतमा छ । यसअघि जापानले एफ–एक्स नामक घरेलु डिजाइनमा काम गरिरहेको थियो । रुस र चीनविरुद्ध बढ्दो तनावबिच आफूले विकास गरिरहेको नयाँ विमान उन्नत हतियार साबित हुने आशा जापानको छ ।
त्यहाँको मन्त्रीपरिषद्ले हातहतियार तथा प्राविधिक हस्तान्तरण निर्देशिकामा पनि संशोधन गर्ने समर्थन गरेको छ ।यसबाट घातक हातहतियार अन्य देशलाई बेच्ने अनुमति मिल्न सक्नेछ । जापानले शान्तिवादी संविधान अन्तर्गत लामो समयसम्म हतियारको निर्यात निषेध गरेको थियो । तर चीनसँग क्षेत्रीय र विश्वव्यापी तनावबिच जापानले तीव्र गतिमा कदम उठाइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
-
आमा, ढोका खुलै राख्नु
-
भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त
-
संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा तयार गर्ने प्रक्रिया सुरु
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण