आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

लडाकु विमान बेच्न तयार भयो जापान

मङ्गलबार, १३ चैत २०८०, १३ : १६
मङ्गलबार, १३ चैत २०८०

टोकियो । जापानले पहिलो पटक लडाकु विमान बेच्ने निर्णय गरेको छ । जापानले बेलायत र इटालीलगायत अन्य देशसँग सहकार्य गरेर लडाकु विमान बनाइरहेको छ । जापानको मन्त्रिपरिषद्ले पनि हतियार उपकरणसम्बन्धी निर्देशिकामा संशोधन गर्ने प्रस्तावलाई समर्थन गरेको छ । यसबाट अन्य देशलाई लडाकु विमानसमेतका घातक हतियार बिक्री गर्न अनुमति मिल्न सक्ने बताइएको छ । यसअघि भने जापानमा शान्तिवादी संविधान अन्तर्गत हतियार निर्यातमा प्रतिबन्ध लगाइएको थियो । चीनसँग बढ्दो तनावका बिच यो कदम चालिएको समाचारमा जनाइएको छ ।

यति बेला जापानले अमेरिकाले डिजाइन गरेका एफ–२ फाइटर प्लेन र बेलायतले प्रयोग गरेको युरोफाइटर टाइफुनलाई बदल्नका लागि नयाँ प्रविधिबाट लडाकु विमान तयार गरिरहेको छ । यस कार्यमा इटाली र बेलायतले जापानलाई सहयोग गरिरहेका छन् । यस कार्य योजनालाई ग्लोबल कम्ब्याट एयर प्रोग्राम नाम दिइएको छ । यसको मुख्यालय बेलायतमा छ । यसअघि जापानले एफ–एक्स नामक घरेलु डिजाइनमा काम गरिरहेको थियो । रुस र चीनविरुद्ध बढ्दो तनावबिच आफूले विकास गरिरहेको नयाँ विमान उन्नत हतियार साबित हुने आशा जापानको छ ।

त्यहाँको मन्त्रीपरिषद्ले हातहतियार तथा प्राविधिक हस्तान्तरण निर्देशिकामा पनि संशोधन गर्ने समर्थन गरेको छ ।यसबाट घातक हातहतियार अन्य देशलाई बेच्ने अनुमति मिल्न सक्नेछ । जापानले शान्तिवादी संविधान अन्तर्गत लामो समयसम्म हतियारको निर्यात निषेध गरेको थियो । तर चीनसँग क्षेत्रीय र विश्वव्यापी तनावबिच जापानले तीव्र गतिमा कदम उठाइरहेको छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप