पदाधिकारी बैठकमा प्रचण्डको ब्रिफिङ : प्रदेश भागबन्डा टुङ्गोमा पुगेको छैन
काठमाडौँ । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले सत्ता समीकरणबिच प्रदेश सिट बाँडफाँटमा कुनै सहमति नभएको जवाफ दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको पदाधिकारी बैठकमा प्रदेश सिट बाँडफाँटमा दलहरूसँग छलफलमै रहेकाले निष्कर्षमा नपुगेको ब्रिफिङ गरेका हुन् ।
बैठकले वैशाख १५ हुन लागिएको इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ (१) मा उम्मेदवारी दिने निर्णय गरेको थियो । तर प्रदेशको सिट बाँडफाँटमा कुनै निर्णय नभएको सचिव दीनानाथ शर्माले जानकारी दिए ।
‘अध्यक्षज्यूले प्रदेशको सिट बाँडफाँटमा कुनै सहमति नभएको बैठकलाई जानकारी गराउनुभएको छ । गठबन्धन दलहरूबिच छलफलमै रहेकाले कुनै सहमति नभएको बताउनुभएको छ’, सचिव शर्माले भने ।
यस्तै प्रवक्ता अग्निप्रसाद सापकोटाले बिहीबारसम्म सिट बाँडफाँटमा टुङ्गो लगाउने बताएका छन् । बैठकको निर्णयबारे सञ्चारकर्मीलाई जानकारी दिँदै उनले भने– ‘प्रदेशको सिट बाँडफाँटमा कुनै निर्णय भएको छैन । अध्यक्षले बिहीबारसम्म टुङ्गो लाग्ने बताउनुभएको छ । यस सम्बन्धमा अर्को बैठकमा निर्णय हुन्छ ।’
कोशी, गण्डकी र लुम्बिनी प्रदेशको नेतृत्व एमालेलाई छाड्न तयार भए पनि कर्णाली प्रदेश नछाड्न माओवादीभित्र तीव्र दबाब परेको छ । यस्तै मधेश प्रदेश जसपा र सुदूरपश्चिम प्रदेश नागरिक उन्मुक्ति पार्टीलाई दिन माओवादी सकारात्मक देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण