आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
पदाधिकारी बैठक

पदाधिकारी बैठकमा प्रचण्डको ब्रिफिङ : प्रदेश भागबन्डा टुङ्गोमा पुगेको छैन

बुधबार, १४ चैत २०८०, ११ : ४१
बुधबार, १४ चैत २०८०

काठमाडौँ । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले सत्ता समीकरणबिच प्रदेश सिट बाँडफाँटमा कुनै सहमति नभएको जवाफ दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको पदाधिकारी बैठकमा प्रदेश सिट बाँडफाँटमा दलहरूसँग छलफलमै रहेकाले निष्कर्षमा नपुगेको ब्रिफिङ गरेका हुन् ।

बैठकले वैशाख १५ हुन लागिएको इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ (१) मा उम्मेदवारी दिने निर्णय गरेको थियो । तर प्रदेशको सिट बाँडफाँटमा कुनै निर्णय नभएको सचिव दीनानाथ शर्माले जानकारी दिए । 

‘अध्यक्षज्यूले प्रदेशको सिट बाँडफाँटमा कुनै सहमति नभएको बैठकलाई जानकारी गराउनुभएको छ । गठबन्धन दलहरूबिच छलफलमै रहेकाले कुनै सहमति नभएको बताउनुभएको छ’, सचिव शर्माले भने । 

यस्तै प्रवक्ता अग्निप्रसाद सापकोटाले बिहीबारसम्म सिट बाँडफाँटमा टुङ्गो लगाउने बताएका छन् । बैठकको निर्णयबारे सञ्चारकर्मीलाई जानकारी दिँदै उनले भने– ‘प्रदेशको सिट बाँडफाँटमा कुनै निर्णय भएको छैन । अध्यक्षले बिहीबारसम्म टुङ्गो लाग्ने बताउनुभएको छ । यस सम्बन्धमा अर्को बैठकमा निर्णय हुन्छ ।’

कोशी, गण्डकी र लुम्बिनी प्रदेशको नेतृत्व एमालेलाई छाड्न तयार भए पनि कर्णाली प्रदेश नछाड्न माओवादीभित्र तीव्र दबाब परेको छ । यस्तै मधेश प्रदेश जसपा र सुदूरपश्चिम प्रदेश नागरिक उन्मुक्ति पार्टीलाई दिन माओवादी सकारात्मक देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप