कर्णालीमा थपिए क्षयरोगका नौ सय बिरामी
भेरीगङ्गा । कर्णालीमा क्षयरोगका बिरामी थपिने क्रम बढेको देखिएको छ । चालु आर्थिक वर्षको आठ महिनामा प्रदेशका दश जिल्लामा गरी नौ सय तीनजना नयाँ क्षयरोगका बिरामी थपिएका हुन् ।
जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका अनुसार अघिल्लो आर्थिक वर्षमा प्रदेशभर एक हजार ७७ जनामा क्षयरागको सङ्क्रमण देखिएको थियो । जबकि चालु आर्थिक वर्षको आठ महिनामा मात्रै नौ सय तीन बिरामी थपिएका हुन् । चालु आर्थिक वर्ष २०८०/८१ मा सबैभन्दा धेरै सुर्खेतमा तीन सय १८ नयाँ क्षयरोगका बिरामी फेला परेका छन् ।
यस्तै, सल्यानमा एक सय ४९, रुकुमपश्चिमा एक सय एक र दैलेखमा ९९ जनामा सङ्क्रमण देखिएको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका क्षयरोग स्रोतव्यक्ति दयाराम पङ्गालीले जानकारी दिए । उनका अनुसार जाजरकोटमा ८६, कालीकोटमा ५२, जुम्लामा ५४, डोल्पामा १९, हुम्लामा १३ र मुगुमा १२ नयाँ क्षयरोगका बिरामी चालु आर्थिक वर्षको आठ महिनामा फेला परेका छन् ।
कर्णालीमा क्षयरोगका बिरामीको सङ्ख्या बढ्दै गएको पाइएको जनाउँदै पङ्गालीले बिरामीलाई उपचारको दायरामा ल्याउने गरी प्रचारप्रसार भइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिमी र स्थानीय वायुको प्रभाव : चट्याङसहित हल्का वर्षाको सम्भावना
-
इलाममा फराकिलो अग्रता बनाउँदै सुहाङ, मुढा पनि पछ्याउँदै
-
इलाम र बझाङ उपनिर्वाचनको मध्यरातको मतपरिणाम : कसको कति मत ?
-
बझाङको ताजा मतपरिणाम : एमालेका उम्मेदवार थोरै मतान्तरले अगाडि
-
इलाम २ मा सुहाङले ५ हजार मत कटाउँदा कसले कति पाए ?
-
गोठाटार घटनाका मुख्य योजनाकारमाथि प्रहरीले गोली चलायो