बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

एमाले कास्कीको मतदान सकियो, आजै मतपरिणाम आउने

बुधबार, १४ चैत २०८०, १७ : ४५
बुधबार, १४ चैत २०८०

पोखरा । नेकपा एमाले कास्कीको ११ औँ जिल्ला अधिवेशनअन्तर्गत मंगलबार साँझदेखि सुरु भएको मतदान सकिएको छ । निर्वाचनमा ९ सय २६ मतदातामध्ये ९ सय १५ मत खसेको निर्वाचन समितिले जनाएको छ ।

आगामी २ वर्षे कार्यकालका लागि बैनबहादुर अधिकारी, माधव बास्तोला र विवेक त्रिपाठीबिच प्रतिस्पर्धा भएको छ ।  कास्कीमा केन्द्रीय उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र केन्द्रीय सदस्य खगराज अधिकारी निकट प्यानल बनेको छ ।

विद्युतीय माध्यमबाट मतदान भएकाले आज (बुधबार)नै मतपरिणाम आउने निर्वाचन समिति सदस्य शंकर सैंजुले जानकारी दिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप