आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

साढे नौ करोडमा बिक्यो टाइटानिकको चर्चित ढोका

बुधबार, १४ चैत २०८०, १८ : ५७
बुधबार, १४ चैत २०८०

न्यूयोर्क । हलिउड निर्देशक जेम्स क्यामरुनको फिल्म ‘टाइटानिक’ रिलिज भएको २६ वर्षपछि पनि दर्शकको मनमा आफ्नो स्थान कायमै राखेको छ । सन् १९९७ मा रिलिज भएको यस फिल्ममा लियोनार्डो डिक्याप्रियोले ज्याक डसनको मुख्य भूमिका निभाएका थिए भने केट विन्सलेटले रोज डासनको मुख्य भूमिका निभाएकी थिइन् ।

फिल्मको अन्त्यमा, रोजले टाइटानिक डुबेपछि काठको ढोकाको सहायताले आफ्नो जीवन बचाउँछिन् । हालै फिल्ममा प्रयोग गरिएको यो ढोका लिलामीमा ७ लाख १८ हजार ७५० डलर अर्थात् करिब ९ करोड ५८ लाख रुपैयाँमा बिक्री भएको थियो ।

यसबाहेक फिल्ममा रोजको भूमिका निभाएकी अभिनेत्री केट विन्सलेटले लगाएको शिफन पोशाक पनि कार्यक्रममा लिलामी भएको थियो । यो  १ लाख २५ हजार डलर अर्थात् लगभग १.६ करोड रुपैयाँमा बेचेको थियो।

सन् १९९८ को ओस्कार अवार्डमा 'टाइटानिक' ले १४ वटा मनोनयनमध्ये ११ अवार्ड जितेको थियो। यो जेम्स क्यामरुनको 'अवतार', 'अवतार: द वे अफ वाटर' र 'एभेन्जर्स: एन्डगेम' पछि विश्वमा चौथो सबैभन्दा धेरै कमाउने फिल्म हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप