सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

खोटाङ सेवा समाज बेलायतले ३ करोड खर्चिएर स्वास्थ्य शिविर गर्ने

बिहीबार, १५ चैत २०८०, ०८ : ४८
बिहीबार, १५ चैत २०८०

काठमाडौँ । खोटाङ सेवा समाज बेलायतले ३ करोड खर्चिएर खोटाङ जिल्लाको विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । समाजले  आफ्नो जन्मभूमि खोटाङका १० वटै स्थानीय तहका ११ स्थानमा विशिष्ट स्वास्थ्य सेवाको पहुँच बाहिर रहेका नागरिकलाई लक्षित गर्दै विशेषज्ञ चिकित्सकको उपस्थितिमा २ दिने स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको अध्यक्ष डा. प्रमोद कोयी राईले जानकारी दिए । 

विगत ६ महिना अघिदेखि सामाजिक अभियान चलाएर मातृभूमिका नागरिकहरूको सेवा भावको अभियानमा समाजले २ वटा कार्यक्रम बेलायतमा आयोजन गरी करिब १२ हजार पाउन्ड रकम सङ्कलन गरेको थियो । साथै यो अभियानका लागि विश्वका विभिन्न देशका नेपालीहरूबाट करिब ७० लाख जति सङ्कलन भएको समाजका महासचिव राजेन रामजङ राईले जानकारी दिए । 

खोटाङ सेवा समाज बेलायतको कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूबाट सङ्कलितसहित करिब ३ करोड १० लाख रुपैयाँ बराबरको रकम शिविरमा खर्च गरिने उनले बताए । 

 चैत १५ देखि २४ गतेसम्म चल्ने शिविरमा ४५ जना विशेषज्ञ चिकित्सकहरू सहित १३० जनाभन्दा बढी मेडिकल टिमको सहभागिता रहने बताइएको छ । 

शिविरमा गाईनोक्लोजिस्ट, पेडियार्टिक, जनरल फिजिसिन, दन्त रोग, हाजजोर्नी, ग्यास्ट्रोलोजीलगाएत रोगको उपचार र परीक्षण गरी करिब ४५–५० हजार खोटाङेहरुलाई स्वास्थ्य परीक्षण र औषधीवितरण निःशुल्क गरिने समाजले जानकारी दियो । 

nrn uk

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप