खोटाङ सेवा समाज बेलायतले ३ करोड खर्चिएर स्वास्थ्य शिविर गर्ने
काठमाडौँ । खोटाङ सेवा समाज बेलायतले ३ करोड खर्चिएर खोटाङ जिल्लाको विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । समाजले आफ्नो जन्मभूमि खोटाङका १० वटै स्थानीय तहका ११ स्थानमा विशिष्ट स्वास्थ्य सेवाको पहुँच बाहिर रहेका नागरिकलाई लक्षित गर्दै विशेषज्ञ चिकित्सकको उपस्थितिमा २ दिने स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको अध्यक्ष डा. प्रमोद कोयी राईले जानकारी दिए ।
विगत ६ महिना अघिदेखि सामाजिक अभियान चलाएर मातृभूमिका नागरिकहरूको सेवा भावको अभियानमा समाजले २ वटा कार्यक्रम बेलायतमा आयोजन गरी करिब १२ हजार पाउन्ड रकम सङ्कलन गरेको थियो । साथै यो अभियानका लागि विश्वका विभिन्न देशका नेपालीहरूबाट करिब ७० लाख जति सङ्कलन भएको समाजका महासचिव राजेन रामजङ राईले जानकारी दिए ।
खोटाङ सेवा समाज बेलायतको कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूबाट सङ्कलितसहित करिब ३ करोड १० लाख रुपैयाँ बराबरको रकम शिविरमा खर्च गरिने उनले बताए ।
चैत १५ देखि २४ गतेसम्म चल्ने शिविरमा ४५ जना विशेषज्ञ चिकित्सकहरू सहित १३० जनाभन्दा बढी मेडिकल टिमको सहभागिता रहने बताइएको छ ।
शिविरमा गाईनोक्लोजिस्ट, पेडियार्टिक, जनरल फिजिसिन, दन्त रोग, हाजजोर्नी, ग्यास्ट्रोलोजीलगाएत रोगको उपचार र परीक्षण गरी करिब ४५–५० हजार खोटाङेहरुलाई स्वास्थ्य परीक्षण र औषधीवितरण निःशुल्क गरिने समाजले जानकारी दियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण