शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

लक्ष्मी गुरुङलाई इलाम–२ मा उम्मेदवार बनाउने राप्रपाको निर्णय

बिहीबार, १५ चैत २०८०, १४ : १६
बिहीबार, १५ चैत २०८०

काठमाडौँ । राप्रपाले इलाम–२ मा हुने उपनिर्वाचनमा लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टीको बिहीबार बसेको संसदीय समितिको बैठकले गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

राप्रपा इलाम जिल्ला कमिटीले लक्ष्मी गुरुङसहित यामनाथ भण्डारी र लालबहादुर डाँगीको नाम उम्मेदवारको रूपमा प्रदेशमा सिफारिस गरेको थियो । 

इलाम २ मा एमालेले सुहाङ नेम्वाङ र नेकपा एकीकृत समाजवादीले जितबहादुर राईलाई उम्मेदवार बनाउने निर्णय गरिसकेका छन् । यस्तै माओवादीले पनि उम्मेदवार उठाउने निर्णय गर्दा रास्वपा उम्मेदवार तय गर्न आन्तरिक निर्वाचनमा जुटेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप