अमेरिकामा चक्कु प्रहारबाट ४ जनाको मृत्यु, ५ घाइते
बिहीबार, १५ चैत २०८०, १५ : ५३
इलिनोइस । अमेरिकाको इलिनोइस राज्यमा एक व्यक्तिले अन्धाधुन्ध चक्कु प्रहार गर्दा ४ जनाको मृत्यु भएको छ भने कम्तीमा ५ जना घाइते भएका छन् । स्थानीय समयअनुसार बुधबार दिउँसो भएको घटनामा घाइतेमध्ये एक जनाको अवस्था नाजुक रहेको रकफोर्ड प्रहरीले जानकारी दिएको हो ।
मारिनेमा १५ वर्षीया किशोरी, ६३ वर्षीया महिला, ४९ वर्षीय पुरुष र २२ वर्षीय युवक रहेको प्रहरीको भनाई छ । मारिनेमा एक जना हुलाकका कर्मचारी रहेका छन् ।
घटनाका आरोपित २२ वर्षीय युवकलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । के कारणले आक्रमण गरियो भन्ने अझै खुल्न सकेको छैन । –बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास
-
रोमाञ्चक नर्थ लण्डन डर्बीमा आर्सनल विजयी
-
गण्डकीमा शहिद प्रतिष्ठान गठन, मधु अधिकारीको नेतृत्वमा बन्यो कार्यसमिति
-
गुजरात नजिकै डुंगाबाट ६ सय करोडको लागुऔषध बरामद, १४ पाकिस्तानी हिरासतमा
-
नेपाली सेनाद्वारा निर्मित बेलिबृज उद्घाटन
-
करिब ९ हजार मत गनिसक्दा बझाङमा एमालेको अग्रता कायमै