सादा पोसाकमा प्रहरी परिचालन नगर्न सर्कुलर
काठमाडौँ । प्रहरी प्रधान कार्यालयले सादा पोसाकमा प्रहरी परिचालन नगर्न सर्कुलर गरेको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशन अनुसार प्रहरी प्रधान कार्यालयले उपत्यका प्रहरी कार्यालय र सबै प्रदेशमा सर्कुलर गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
सादा पोसाकमा खटिने (घुमुवा) प्रहरी गैर व्यावसायिक काममा संलग्न हुने गरेको गुनासोपछि गृहमन्त्री लामिछानेले आईजीपी वसन्त कुँवरलाई त्यसबारे सर्कुलर गर्न भनेका हुन् ।
सादा पोशकाका प्रहरीको जिम्मेवारी तत्काल परिवर्तन गरेर नियमित युनिफर्म ड्युटीको जिम्मेवारी दिन सर्कुलर गरिएको छ । अपराध अनुसन्धान शाखामा कार्यरत बाहेक अन्य प्रहरी कर्मचारीले अब युनिफर्म लगाउनुपर्ने र कार्यालय प्रमुखले त्यसबारे मनिटर गर्नुपर्ने परिपत्र गरिएको छ । प्रहरी हेडक्वार्टरले जिम्मेवारी परिवर्तन गरिएका कर्मचारीको नामावली दुई घण्टामा पठाउन भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उग्र र खोक्रा राष्ट्रवादीहरूलाई पत्र
-
घामले मात्रै पूरा गर्छ त भिटामिन ‘डी’ को कमी ?
-
पर्दामा परिपक्व भूमिका निभाउन खोज्ने रेनु
-
रास्वपा दैलेखकाे सभापतिमा बखतबहादुर भण्डारी निर्वाचित
-
५० वर्षभन्दा कम उमेरका मानिसमा क्यान्सर बढ्नुको कारण खराब निद्रा त होइन ?
-
१६ महिनामै फेयेनूर्डद्वारा मुख्य प्रशिक्षक भान पर्सी बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण