सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
टी-२० क्रिकेट

कमलसिंह ऐरीले लिए आयरल्यान्ड ‘ए’ को चौथो विकेट

शुक्रबार, १६ चैत २०८०, १४ : ११
शुक्रबार, १६ चैत २०८०

काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी पहिलो टी-२० क्रिकेटमा नेपाल ‘ए’ ले आयरल्यान्ड ‘ए’ को चौथो विकेट लिएको छ । आयरल्यान्डको चौथो विकेट कमलसिंह ऐरीले लिएका हुन् । उनले आयरल्यान्डका चौथो नम्बरका ब्याट्सम्यान स्टिफन डोहेनीलाई सागर ढकालद्वारा क्याच गराएका थिए । 

कमलले लिएको यो दोस्रो विकेट हो । डेहोनीले पेभेलियन फर्किनुअघि केवल १६ बलमा दुई छक्का र चार चौकाको मद्दतले ३४ रन बनाएका थिए । १४‍.४ ओभरमा डेहोनी आउट हुँदा आयरल्यान्डले एक सय ४७ रन बनाएको छ । नेपाल ‘ए’ ले टस जिती आयरल्यान्ड ‘ए’ लाई पहिले ब्याटिङको निम्तो दिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप