ओक्लाहोमामा शक्तिशाली चक्रवातमा परेर कम्तीमा चार जनाको मृत्यु
वाशिङ्टन डीसी । अमेरिकाको ओक्लाहोमामा आएको शक्तिशाली चक्रवातले ठुलो जनधनको क्षति भएको छ । चक्रवातका कारण विद्युत् अवरुद्ध हुनुका साथै भवनहरू भत्किएका छन् । ठुलो विनाश बिच कम्तीमा चार जनाको मृत्यु भएको बताइएको छ । शनिबार राति आएको चक्रवातले झण्डै ३० हजार मानिस अन्धकारमा बस्न बाध्य भएको ओक्लाहोमाका गभर्नर केभिन स्टिटले आइतबार बताए ।
करिब पाँच हजार जनसङ्ख्या भएको सहर सल्फरमा ठुलो क्षति पुगेको छ । यहाँका भवनहरू भग्नावशेषमा परिणत भएका छन् । १५–ब्लकको दायराभित्रका घरहरूका छानाहरू खसेका थिए । चक्रवातमा सबै कुरा नष्ट भएको बताइएको छ । सहरमा केही बाँकी नरहेको जस्तो देखिने बताइएको छ । सल्फर सहरमा मात्रै करिब ३० जना घाइते भएको स्टिटले बताए ।
शुक्रबारदेखि देशको मध्यभागमा दर्जनौँ चक्रवातले तहसनहस पारेको छ । ओक्लाहोमा र कन्सास, मिसौरी, अर्कान्सास र टेक्सासलगायत अन्य राज्यमा आइतबार बाढी आउन सक्ने चेतावनी दिइएको थियो । स्टिटले आइतबार एक कार्यकारी आदेश जारी गर्दै १२ काउन्टीमा आपतकालीन अवस्था घोषणा गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
-
कोरियन भाषा परीक्षाका लागि आवेदन खुला
-
अर्जेन्टिनी टोलीलाई स्वदेशमा भव्य स्वागत, मेस्सी अनुपस्थित
-
काठमाडौँ जिल्ला अदालतलाई तीन ठाउँमा स्थापना गर्ने तयारी कहाँ पुग्यो ?
-
वैदेशिक रोजगारीका पीडितका लागि अनलाइन उजुरी प्रणाली सुरु, काठमाडौँ धाउनुपर्ने बाध्यताको अन्त्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण